‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


सेवारो खबर  157 पटक हेरिएको

देउमाईः देउमाई नगरपालिका ७ को खान्द्रुुङ माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । विद्यालयको हामी स्वयंसेवी समूहले आयोजना र कार्यान्वयन समितिको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

अन्तरक्रिया कार्यक्रममा हामी स्वयंसेवी अभियानको बारेमा जानकारी गराइएको थियो । अभियानले विद्यालय स्तरमा गर्ने काम, कर्तव्य, अधिकार, उद्देश्य र यसको महत्वका विषयमा जिल्ला संयोजक यामकुमार माबो लिम्बुले जानकारी गराएको थियो ।

विद्यालयको कार्यान्वयन समितिका संयोजक तथा प्रधानाध्यापक काजिमान येक्तेन, शिक्षक नायक हरी पौडेल र महिला शिक्षक जेन्डर फोकल पर्शन सीता लोरिन्देनको उपस्थितीमा समूहले गर्ने विभिन्न कार्यक्रमको कार्य योजनाको विषयमा समेत छलफल भएको थियो । विद्यालयको हामी स्वयंसेवी समूहको नेतृत्वमा हुुने सबै कार्यक्रम विद्यालयले जिम्मेवारीका साथ सबै खालको सहयोग गर्ने प्रधानाध्यापक काजिमा येक्तनेले प्रतिबद्धता जनाए ।


‘हामी स्वयंसेवी अभियान’ कार्यक्रमले १ नम्बर प्रदेश सरकारको महत्वकाक्षी कार्यक्रम हो । अभियानले विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जन चेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन सहजिकरण गर्नेछ ।

आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले सञ्चालनको जिम्मेवारी पाएको हामी स्वयंसेवी अभियान कार्यक्रमको लक्षित उद्देश्य पुरा गर्न प्रदेशका प्रत्येक माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी समूह’ गठन हुँनेछ । कक्षा ९ देखि १२ पढ्ने (१३ देखि १९ वर्षका किशोर किशोरी) छात्रछात्राको सहभागीतामा समूह बनाई विद्यालय स्तरमै विभिन्न अतिरिक्त क्रियाकलाप मार्फत विद्यालर्थीहरूलाई नेतृत्वको सीप दिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार