जिल्ला प्रहरी कार्यालय इलामले ६७ औँ प्रहरी दिवश विभिन्न कार्यक्रम गर्दैै मनायो


सेवारो खबर  168 पटक हेरिएको

इलामः जिल्ला प्रहरी कार्यालय इलामले ६७ औँ प्रहरी दिवश विभिन्न कार्यक्रम गर्दैै मनाएको छ । दिवसका अवसरमा पुुरस्कार वितरण, सम्मान, रक्तदान, बृक्षारोपण कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई कामको कदर स्वरुप पुरस्कृत गरेको छ । कार्यालयले कर्तव्य निर्वाह गर्ने क्रममा उत्कृष्ट भूूमिका निर्वाह गर्ने नौ जनालाई पुरस्कृत गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयलाई सहयोग पुर्‍याउनु हुने फाकफोकथुम, माईजोगमाई र गैर सरकारी संस्था मानव अधिकार मञ्च नेपाल इलामलाई सम्मान गरेको जनाइएको छ ।

प्रहरीको काम कार्वाहीमा योगदान गर्नु हुने सम्मानित व्यक्ति तथा संघसंस्थालाई आउँदा दिनहरूमा समेत प्रहरीसँग निरन्तर सहकार्य र साझेदारीको अपेक्षा राख्दै सम्मान गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको अध्यक्षता प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगाना, जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिबक्ता राजेन्द्र बहादुर बस्नेत र पुर्व प्रहरी संगठन बरिष्ट सचिव बखत बहादुर आङदेम्बेले शुभ कामना मन्तब्य राख्नु राखे ।

प्रहरी निरीक्षक तेज बहादुर दाहालले संचालन गरेको कार्यक्रममा बिभिन्न सुरक्षा निकाय प्रमुख, अमर प्रहरी परिवारजन, संचारकर्मी, सरकारी कार्यालय एवं संघ-संस्था प्रमुख,पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार