अरूले नगरेका, अलपत्र छोडेका विकास निर्माण गर्न घर चिन्हमा मतदान गर्नुहोस-अध्यक्ष पालुुङवा


सेवारो खबर  190 पटक हेरिएको

इलामः राष्ट्रिय जनमुक्ति पार्टीले देशैभरी मंगलबार घोषणा पत्र सार्वजनिक गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुुङ्वाले इलाममा घोषणा पत्र सर्वजनिक गर्दै घोषणा पत्रमा उल्लेख भएको विषयलाई प्राथमिकता साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


पत्रकार सम्मेलन गर्दै गरेको घोषणा पत्र सर्वजनिक कार्यक्रममा बोल्दै पालुुङवाले भौतिक आर्थिक रूपले सक्षम समृद्ध बनाउँदै जिल्लाका नागरिकलाई सुुखी बनाउँने बताए ।

‘अरूले नगरेका अलपत्र छोडेका विकास निर्माणको काम गर्नेछु, अध्यक्ष पालुुङ्वाले भने-खानेपानी, स्वाथ्य, शिक्षा रोजगार लगायतको विषयमा पहिलो प्राथमिकताको साथ काम गर्नेछुु ।’

जिल्लाको प्रतिनीधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को उम्मेद्वार समेत रहेका पालुुङवाले सात बुुँदे प्रतिवद्धता समेत सार्वजनिक गर्दै कार्यान्वयन गर्न पार्टीलाई घर चिन्हमा मतदान गरेर जिताउँन आग्रह समेत गरेका छन् ।

सरकारको नेतृत्व गरी रहेका दलमा पार्टीको जस्तो कसैको आदेश नचाहिने भएकाले नागरिकको समग्र विकासको काम गर्नेमा विश्वस्त रहन आग्रह गर्दै जिल्लाको विकासलाई प्रथमिकताका साथ काम गर्ने जानकारी गराए ।


पहिचानको पक्षधर राष्ट्रिय जनमुक्ति पार्टी मात्र भएकोले बहुुजातीय लोकतान्त्रिक समाजबाद निमाणर्मा गर्न सबै जातजाती तथा धर्म संस्कार संस्कृतिको समतामुलक विकासमा लाग्ने अध्यक्ष पालुुङ्वाले जानकारी गराउँदै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र २ क मा मित्र जबेगु र २ ख मा पवित्रा तुम्बाहाम्फेलाई समेत मत दिएर विजय गराउँन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार