विद्यार्थी युुनियनले जिल्ला प्रशासन कार्यालयमा बुुझायो ‘अनुरोध पत्र’


सेवारो खबर  222 पटक हेरिएको

इलामः नेकपा एकिकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन इलामले जिल्ला प्रशासन कार्यालयमा अनुरोध पत्र बुुझाएको छ ।

यूनियनले आसन्न स्वतन्त्र विद्याथी युनियन (स्ववियुु)को निर्वाचनमा सुरक्षा, जिल्ला प्रशासन कार्यालयबाट बितरण गरिने राहधानी समस्या र लागुु पदार्थ दुुव्र्यसनी नियन्त्रण गर्न बुधबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई अनुुरोध पत्र बुझाएको हो ।

स्ववियुु नजिकिदै गएको समयमा महेन्द्र रत्न बहुमुखी क्याम्पस परिसरको सुुरक्षा व्यवस्था चुुस्त बनाउँनुु पर्ने, राहधानीको अनलाइन फाराम भर्दा विचौलियाको नियन्त्रण गरेर सेवालाई चुुस्तदुुरूस्त बनाउँनुु पर्ने र क्याम्पस तथा विद्यालय परिसरमा लागुु पदार्थ दूव्र्यसनी बढेकोले नियन्त्रण तथा सचेतनामुुलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको अनुुरोध पत्रमा उल्लेख छ ।

अनुरोध पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पोख्रलले स्ववियू निर्वाचनको सुरक्षा तथा कार्यालयको सुशासनको सवालमा थप चुुस्त दुुरूस्त बनाउँने प्रतिवद्धता जाहेर गरेको युनियनका जिल्ला अध्यक्ष डिकेन्द्र दाहालले जानकारी गराए ।

अध्यक्ष दाहालका अनुसार प्रमुख जिल्ला अधिकारी पोख्रेलले जिल्ला प्रशानसन कार्यालयबाट वितरण हुँने राहधानीको फारामा भर्दा बिचौलियाले मोटो रकम लिने गरेको आफूलाई पनि जानकारी आएको बताउँदै, बिना शुुल्क फाराम भर्ने व्यवस्था चाँडै मिलाउँने समेत प्रतिवद्धता जनाए ।

युनियनका अध्यक्ष डिकेन्द्र दाहाल र सचिव चेतन अधिकारीले हस्ताक्षर गरेको अनुुरोध पत्रमा त्रिभुवन विश्व विद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव मिति २०७९ सात चैत ५ गते तोकेसँगै इलाम जिल्लाको इलाम नगरपालिकामा रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पनि चुनावको चहलपहल शुुरू भएको छ । चुनावको चहलपहल शुुरू भएसँगै विद्यार्थी संगठनहरू बीच प्रतिस्पर्धाको होडबाजी समेत सुरू भएको छ । सोही क्रममा मुुढभेडको अवस्था सिर्जना भई एक आपसमा झगडा हुन सक्ने सम्भावना रहेकोले महेन्द्र बहुमुखी क्याम्पसमा शान्ति सुरक्षा व्यवस्थापनको लागि अनुुरोध गर्दछौ भनिएको छ ।

अनलाइन राहधानी फाराम भर्न मात्र पनि रू ४५००(चार हजार पाँच सय) सम्म तिर्नुु परेको जन गुनासोलाई मध्य नजर गर्दै जनतालाई साइबर बिचौलियाको ठगी धन्दाबाट बचााउँन जिल्ला प्रशासन कार्यालयमै अनलाइन फाराम भर्ने व्यवस्था मिलाई कार्यालयबाट प्रवाह हुने राहधानी सेवा प्रवाह चुस्त दुरूस्त बनाउँन अनुरोध गर्दछौं ।

इलाम नगरपालिकाको विभिन्न विद्यालय, क्याम्पसमा अध्यायनरत विद्यार्थीहरू दिनानुुदिन लागु पदार्थको सिकार हुने क्रम बढिरहेकोले यसको न्यूनिकरणको लागि हरेक क्याम्पस विद्यालयहरूमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछौं भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार