राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरीयो, मन्त्रीहरुले आजै राजिनामा दिने


सेवारो खबर  86 पटक हेरिएको

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउँने भएका छन् ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निणर्य गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।@onlinekhabar.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार