चिसोपानी माध्यमिक विद्यालयले मनायो ६८ औं वार्षिक उत्सव


सेवारो खबर  153 पटक हेरिएको

इलाम: माङसेबुङ गाउँपालिकाको चिसोपानी माध्यमिक विद्यालयले ६८ औं वार्षिक उत्सव मनाएको छ । विहीबार सम्पन्न वार्षिक उत्सवमा साँस्कृतिक कार्यक्रम, छात्रवृत्ति वितरण र सहयोगदातालाई सम्मान गरेको छ ।

विद्यालयले विभिन्न कक्षाका ६ जना विद्यार्थीलाई ७० हजार पाँच सय रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा स्थापना गरिएको तीन वटा अक्षयकोष मार्फत २०७६, ०७७ र ०७८ को माध्यमिक शिक्षा परिक्षा (एसईई) र कक्षा १२ का सर्वोत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको प्रधानाध्यापक तिल विक्रम लिम्बूले जानकारी गराए ।


२०७६ को एसईईको उत्कृष्ट मनाहाङ लिम्बूू, २०७७ को एसईईको उत्कृष्ठ कल्पना भुजेल र २०७९ को एसईईको उत्कृष्ठ प्रजल रोकालाई प्रतिविद्यार्थी ११ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको छ । त्यस्तै २०७६ को कक्षा १२ उत्कृष्ठ पविता राई, २०७७ को कक्षा १२ उत्कृष्ठ निलुु राई र २०७८ को कक्ष १२ उत्कृष्ठ अविन इदिङ्गोलाई प्रति विद्यार्थी १२ हजार पाँच सय रुपैयाँका दरले छात्रवृति वितरण गरेको छ ।

उनीहरुलाई पवित्रदिलमाई (माङछा) राई स्मृति अक्षयकोष, विद्याप्रसाद (गुरु सचितानन्द) स्मृति अक्षयकोष र स्वर्गीय धनवीर कोयु स्मृति अक्षयकोषको ब्याजबाट र विद्यालयका तर्फबाट एक हजार थप गरी छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक तिलबिक्रम सुब्बाले जानकारी दिए ।


कार्यक्रममा विद्यालयलाई १ लाख ५ हजार रुपैयाँको स्वर्गीय जयप्रसाद एवाई राई स्मृति अक्षयकोष र ५० हजार पाँच सय ५५ रुपैयाँको स्वर्गीय प्रतबहादुर कोयु तथा पूणर्ीमाया राई स्मृति अक्षयकोष प्राप्त भएको छ । छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्न सम्बन्धित परिवारले रकम विद्यालयलाई उपलब्ध गराएको जनाइएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापकले विद्यालयको संक्षिप्त प्रतिवेन प्रस्तुत गरे । कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, शिक्षा अधिकृत बुद्धि खतिवडासहित जनप्रतिनिधि, समाजसेवी, अभिभावक, विद्यार्थीहरुको उपस्थिति थियो ।


वार्षिक उत्सवका अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम संचालन भएको छ । २०११ सालमा विद्यालय स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार