शिक्षक संगठन माई नगर समितिको तेस्रो परिसद, सम्मान र स्वागत कार्यक्रम गर्दै सम्पन्न


सेवारो खबर  118 पटक हेरिएको

माईः नेपाल राष्ट्रिय शिक्षक संगठन माई नगर समितिको तेस्रो माई नगर परिषद् मंगलबार सम्पन्न भएको छ । परिसदका अवसरमा शिक्षक सम्मान र स्वागत कार्यक्रम गरेको छ ।

परिषदले अबकास शिक्षकहरु कृष्ण कार्की, चन्द्र बहादुर तामाङ र देबेन्द्र ढकाललाई सम्मान गरेको छ । यस्तै शिक्षा सेवा आयोग सफल भई आएका शिक्षक भवानीप्रसाद चम्लागाई, चेतन रेग्मी र हरि नारायण शाहलाई स्वागत गरेको जनाइएको छ ।

संगठनका माई नगर समितिका कार्यवाहक अध्यक्ष पार्बता फुयलको अध्यक्षता भएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य प्रकाश खनालको प्रमुख अथित्यता सम्पन्न परिसदमा नगर सचिब घनश्याम निरौलाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष मनबहादुर मगरले आर्थिक र महिला उपाध्यक्ष बसन्ती राईले महिला प्रतिबेदन पेश गरेकी थिइन् ।

संगठन सचिब घनश्याम निरौलाको सन्चालन र उपाध्यक्ष भीमबहादुर राईको स्वागत गरेको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य प्रकाश खनाल, प्रदेश सदस्य किरण सुबेदी, जिल्ला अध्यक्ष लोकबहादुर थाम्सुहाङ, नेपाल बुद्धिजीवी परिषद् इलाम अध्यक्ष वाई वि योङहाङ, संगठनका जिल्ला सचिब धर्म अधिकारी, गरुवा वहुमुखी क्याम्पसका प्रचार्य भुपाल अधिकारी, सुखानी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मुखराज आङदेम्बे, संगठन माईका पुर्ब अध्यक्ष खेम लिम्बु, संगठन रोङ कमिटि अध्यक्ष भुपाल खड्का, नेपाल शिक्षक संघ माई अध्यक्ष रुद्रबहादुर मगर, शिक्षक कर्मचारी परिषद माईका अध्यक्ष सन्तु मोक्तान लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा माई नगर भित्रका ८० शिक्षकहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार