इलाम: जिल्ला प्रहरी कार्यालय इलामले १४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । गएको पुुस महिनादेखि थालेको अभियानले मोटरसाइकल पक्राउ गरेको हो ।
बिभिन्न जिल्लासँगै भारतबाट चोरी गरी ल्याईएका मोटरसाइकललाई नियन्त्रणमा लिइएको बताइएको छ ।
कार्यालयको विशेष अभियानसँगै जिल्लाको विभिन्न स्थानहरुमा चेकजाच गर्ने, चेक पोइन्ट स्थापना गर्ने र शंका लागको मोटरसाईकल सम्बन्धमा विशेष अनुसन्धान गर्ने क्रममा कागजपत्र नभएका मोटरसाईकल नियन्त्रण गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
अभियान अन्तर्गत केही समय पहिला पनि चोरी गर्दागदैको अवस्थामा चोरीका ७ वटा मोटरसाईकल र चोरीमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको प्रकृयामा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले मातहतका सबै प्रहरी एकाईहरूलाई अभियानकै रूपमा सरप्राईज चेक प्वाईन्ट खडा गरी कागजपत्र नभएका मोटरसाईकल पक्राउ गर्न निर्देशन समेत दिइएको बताइएको छ ।