बर्दु माध्यमिक विद्यालयको हराएको सामग्री बेवारिसे अवस्थामा फेला


सेवारो खबर  124 पटक हेरिएको

इलामः सूर्योदय नगरपालिकाको होराइजन बर्दु भ्याली चिया कारखानाको छेउमा बर्दु माध्यमिक विद्यालयको हराएको सामग्री बेबारिसे अवस्थामा फेला परेको छ ।

सूर्योदय नगरपालिका-१४ बर्दुमा रहेको बुद्ध माध्यमिक विद्यालयको ल्याबबाट चोरी भएको सामग्री बेबारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

विद्यालयबाट गएको माघ १२ गते स्कुल बिदाको समयमा चोरी भएको एक थान कम्प्यटर मोनिटर, किवोर्ड, सिसी टिभी र केबल तार फागुन १० गते फेला परेको बताइएको छ ।

कारखानाका प्रोपाइटर बुद्ध तामाङले बोरामा बेवारिसे सामग्री रहेको जानकारी गराएपछि प्रहरी सहायक निरिक्षक झमक श्रेष्ठ र प्रहरी सहायक हवल्दार लक्ष्मण यादव आएर हेर्दा हराएको सामग्री देखिएपछि स्थानीय बासिन्दाको रोहवरमा स्कुल प्रशासनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

विद्यालयको सामग्री चोरी भएको थाहा पाएर अस्थायी प्रहरी बिट कटुसेमा जानकारी गराइएको थियो । उजुरीपछि प्रहरीले गस्ती र पेट्रोलिङ बढाएका कारण चोरी भएको सामग्री बेबारिसे अवस्थामा फेला परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार