चुलाचुलीः चुलाचुली गाउँपालिकाले मेलमिलापकर्ताहरूलाई तीन दिने पुर्नताजकी शनिबार तालिम शुुरू गरेको छ ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दिलकुमारी योङहाङको अध्यक्षतामा शुुरू भएको तालिममा गाउँपालिकाका २५ बढी मेलमिलापकर्ता सहभागी छन् ।
मेलमिलाकर्ताको क्षमता विकास गर्न तालिम सञचालन गरेको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक योङहाङले बताइन् ।
तालिम मानव अधिकार मञ्च नेपाल इलामका याम माबो लिम्बू र सुरेश पोर्तेलले सहजिकरण गरिरहका छन् ।