कोशी प्रदेशको पक्षमा ८२ जना र किरात लिम्बुुवान सगरमाथाको पक्षमा चार जना


सेवारो खबर  146 पटक हेरिएको

विराटनगरः प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् ।
उक्त प्रस्तावको विपक्षमा भने चार जनाले हात उठाएका थिए ।

दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।
नेकपा एस र जसपाले राखेको अर्को प्रस्तावमा भने छलफल नै नहुने भएको छ ।

प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेको प्रस्ताव थियो । प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका हुन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए। प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

प्रदेश सभाको नामकरणका लागि प्रदेश सभामा कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको छ, नेकपा एसको चार र जसपाको एक जना सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार