‘कोशी’ न्वारानको हिसाबले कान्छो । नेपालका सात प्रदेश मध्ये छ, प्रदेशले अघिल्लो कार्यकाल मै नाम जुराए । प्रदेशको न्वारानमा विरोध भएनन् र गरिएनन् पनि । सुरक्षाको बन्द घेरामा न्वारान गर्नु परेन । तर १ नम्बर प्रदेशको नाम जुराउँन निशेधाज्ञा घोषणा गरेर, बन्द घेरा भित्र न्वारान गराइयो ‘कोशी प्रदेश’ । मन गणन्ते सप्तकोशीको पानीलाई सुनपानी भनेर हात उठाएर चोख्याइयो ।
ज-जसले जोतिषीको भूमिका निर्बाह गरे । जनमतले जनभावनामा रत्यौली खेले । नभए किन बन्द, घेराबन्दीमा न्वारान गर्नुु पर्यो । यसैबाट स्पष्ट हुन्छ, नाम सर्वस्वीकार्य छैन, जबरजस्ती भिराइदैछ, जनभावना विपरित छ । इतिहास, पहिचान, राष्ट्र र सह-अस्तित्वको विपक्षमा छ । सुुदूर दीगो शान्ति होइन, द्वन्दको बिउँ गाडिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म र भावनामा खेलबाड गर्दै, पुन अर्को राजनीतिक, सामाजिक, सांस्कृतिक विभेद र अस्थितरताको जग बसालेको छ ।
कोशीले पहिचान पायो । तर जनभावना गुमायो । खास पहिचान दिएन, सदिऔंदेखि, बस्दै आएकाको जनचाहनालाई समेटेन । ऐतिहासिकताको निरन्तरतालाई जोडेन, जसलाई राजनीतिको नामले विभाजन गरेको छ । विखण्डन गराई दिएको छ । त्यसैले आन्दोलन भइरहेको छ । चरणबद्ध आन्दोलनको घोषणा हुँदैछ । तालाबन्दी, कालो झण्डा, नाराजुलुस, पुत्ला दहन, प्रवेश निशेध, प्रेस विज्ञप्ती लगायतको बिराध र असन्तुष्टिले आन्दोलनको अर्को शिराको न्वारान गराएको छ ।
सबैलाई थाहा भकै हो नी । मरेपछि मलामी जानुुपर्छ । जब कोशी नाम आएपछि, घोषित, स्वघोषित विद्वान, मन्त्री, नेता, कार्यकर्ताको फेसबुक पेजमा सबैले अपनत्व ग्रहण गर्ने नाम किन नदेको ? कञ्जुस्याँई किन गरेको ? प्रदेशवासीको जनभावनको सवालमा उद्वार किन हुन नसकेको ? सभ्यता, भूगोल, ऐतिहासिकता, विविधतालाई किन नबुुझेको आदि इत्यादि । सन्त्वनामा आफ्नै बचाउँ गर्दैछन् ।
पहिचानको सवाल सहि हो । भूगोलको आवाज हो । जायज छ । सम्बोधन गर्न आवश्यक छ । गर्नुपर्छ भनेर, कुनै भेला, सभा सम्मेलनमा आफ्ना नेतालाई सुुझाएको, बोलेको सुनिएन । पहिचानवादीले हाम्रो कुुरा सुनिदेऊ, पीडाका कथा बुुझिदेउ भन्दा अनेक बहाना बनाएर कार्यक्रममै उपस्थित नहुँने अनि अहिले फेसबुुकमा अभिमत राखेर आफ्नो स्वार्थ बचाउँन हल्ला गर्ने बग्रेल्ती देखियो । सिकायौं मरेपछि यसै गर्नुपर्छ ।
आन्दोलनको दम कम छ । देश चलाउँने माउँ नीति राजनीतिले पहिचानको अस्तित्वलाई संख्यात्मक मतले स्थापित गरेन । पार्टी नीति, सिद्धान्तको नाममा जसले जसको मुुद्धा बोकेर अहिलेसम्म राजनीतिमा होमिएका थिए । उसैले पद, पैसा र सधै भरी आफूले विजयको माला पहिरिने स्वार्थको नाममा जनभावनाको पहिचानलाई कोशीमा बगाए । जसको हिसाब किताब इतिहासले मिलाउँने छ ।
आफूलाई जिताउँन नागरिकको घरघरमा ढोग्दै बाँचा कसम खाँदै, बोलेका बोलीहरू दस्तावेज बनेका छन् । हेक्का छ, कि छैन ? राजनीतिको नाममा नागरिकलाई ढाँटेर पाएको मतलाई संख्यामा बदलेर विशाल भावनाको आयतनलाई खुुम्चयाएका छौं । सम्झेका छैनौं, मैले पाएको मतमा मतदाताको भावनात्मक पहिचान, भाषा, संस्कार, संस्कृति, विचार, सदिऔं देखिको विभेदको अन्त्य, अनागरिक जस्तै बन्नु परेको पीडा, महिला, दलित, अल्पसंख्यक, पछाडि परेका वा पारिएका जसले पाउँनु पर्ने क्षतिपूर्ती ?
म आफै यो शासन व्यवस्थानको दुुत कसरी भएँ ? प्रश्न गरेका छौं ? शासन व्यवस्थाको परिवर्तन र संविधान निर्माणमा जनभावनाको पसल थापेर कमाएको शक्तिको हतियारले निर्ममतापूर्वक भूगोलको ऐतिहासिक पहिचानको हत्या गरेर आफू पनि सकिएको घोषणा गरेका छौं । पुस्तौ पुस्तासम्म अनिणर्यको दलदलमा आफैलाई फसाएका छौं । अनि देखेका छौं, सधैंसधैंलाई विजयको माला पहिरिने दिवा सपना ।
थाहा भकै हो । परिणामको सवालमा आकलन गरिएकै हो । तै पनि राजनीतिक बैमानीमा इमान्दिारिता गुुमाउँदैनौं र बेच्दैनौं भनेर अन्तिम पटक घरको बेलेसीमा उभिएर दिएको मतको अपमान गर्यौं । स्वभीमान गुमायौं र थाहा भयो, पद प्रतिष्ठा, पैसा र स्वार्थको नाममा, अनुहारको नाममा दान गरेको मतको नाममा सदिऔंदेखि हुँदै आएको राजनीतिक पहिचान, सामुदायिक पहिचान, भाषीक पहिचान, धार्मिक सांस्कृतिक पहिचानका लागि हुँदै आएका आन्दोलन र सहिदहरूको सपनासँगै संविधानले दिएको राष्ट्रको सम्मान गर्न सकेनौं ।
इतिहास साँक्षी छ । न्वारान गरेको कोशीको भूमि कसको हो ? कसरी नेपाल भन्ने देशमा समाहित भयो ? यसको हेक्का राखेनौ । सुनेका छौं, इतिहास दोहोरिने छ । जसको पिता पुुर्खाहरूले आर्जेको सम्पत्तिलाई जबरजस्ती खोसाएको इतिहास ? जानेर पनि ढाँट्यौं, भ्रमित कुरालाई विश्वासको अंक गणितमा ढालेर हरेक हिसाबमा शक्तिहिन बनाएका छौं ।
पहिचानको सवालमा बुुझाउँन नजानेको हुँदै होइन । बुुझेर बुुझ पचाएका हौं । पहिचानमा मेरो पनि अस्तित्व छ । यहि पहिचान भएर नै म बनेको हुँ । भूूल्यौं र वर्तमानमा अन्तिम पटक गुलाव दिएर, त्यसैको काँडाले घोची घोची हत्या गर्यौ । र वर्तमानको अन्तिम पटक नामेट बनायौं, हाम्रो भावना । अग्रगामी विचारसँग समृद्धिको नाराको रटानमा । म भुुई मान्छे, सधै प्रश्न गरिरहने छु, कसको लागि राजनीति गर्दैछौं ? मलाई कहिलेम्म बेचिरहन्छौं ? र एक्लै बाँची रहन्छौं ? म पर्खिरहन्छुु, त्यो दिन, बुुख्याँचा बन्छौं । र भ्रम हारेको दिन ।
कोशी शान्त बगिरहेकै थियो, बगिरहन्छ र सुुदूर भविष्यमा पनि बगिरहने छ । इतिहासदेखि वर्तमानसम्म उस्तै छ । तर यो भूमिलाई वर्तमानसम्म ल्याइपुुर्याउँन रगत पसिना बगाउँने अस्तित्व र पहिचान बनाउँने भूमिपुुत्र चिनेकौं छौं । हुनसक्छ, हरेक हिसाबले अतिक्रमणमा पारेर, शोषण गरेर कहिले उठ्दै, कहिले घस्रिदै, घाइते बनाउँदैकोे आवाजलाई कम आँकेका छौं । र यसपटक अन्तिम पटक मलजल गरेको हो । १४ जिल्लालाई साझा सबैले अपनत्व ग्रहण गर्न योग्य बनाएनौं । यसबाट निम्तिने परिणामको जिम्मेवारी बहन गर्न पक्कै सक्छौं ?
यो भूगोल किरात सभ्यताको विरासत हो । लिम्बुवान, खम्बुवान ऐतिहासिक राजनीतिक पृष्ठभूूमीको इतिहासको निरन्तरता हो । तराइमा कोच सभ्यता र हिमाली संस्कृतिमा सेर्पा समुदायको पहिचानको थलो हो । जसको हरेक पक्ष शासन सत्ता र शक्तिको नाममा अतिक्रमणमा छ । जसको क्षतिपूूर्तीको परिणाम हो पहिचानको आन्दोलन, यहाँको सभ्यता, संस्कृति, जातीय पहिचान र राजनीतिक ऐतिहासिकताको निरन्तरता । यसैको सम्मान र माङ्गेन्ना हो पहिचान । सधै भरी शासक बन्नलाई होइन । शासनमा अर्थपूर्ण सहभागिताको समान, समानुपातिक र समतामुलक अवसर हो । अंश खोजेको होइन । पस्काएको भाग खोस्न खोजेको पनि होइन ।
ऐतिहासिक लिम्बुवान, खम्बुवान जात कसले भन्यो ? जात हुँने भए प्रत्येक व्यत्तिको नामको पछाडि लिम्बुवान, खम्बुवान हुनुपर्ने होइन र ? यो भूमि याक्थुङ, खम्बू, धिमाल, लेप्चा आदिवासी लगायत शेर्पा, तामाङ, मगर, गुरूङ, नेवार, दमाई, कामी, सार्की, बाहुन, क्षेत्री आदि सबैको साझा थलो हो । यहाँ बहुभाषा, लिपी, धर्म, संस्कार संस्कृति छ । कोशी भन्ने ठाउँमा के थियो र छ ? कोशीले के गुुमाएको थियो र ? यहाँको पानीले पहिचान मागेको हो र ?
समग्रमा, समाधान खोज । सबैले मेरो भन्ने भावनाको विकास गर । सबको पहिचान र सहअस्तित्वको आत्मसम्मानमा बाँच्ने बनाऊँ । दीगो शान्ति, राजनीतिक स्थीतरतासँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म र भावनलाई सम्बोधन गर । नभए बिस्तारै झ्याँगिने छ, अस्थिरता, विखण्डन, द्वन्दको विँउ ।