‘जबजको बिशेषता पार्टीका कार्यकतासम्म पुुर्‍याइने’ – गीता अधिकारी

एमालेको रोङमा ग्रासरुट कार्यक्रम


सेवारो खबर  137 पटक हेरिएको

रोङः नेकपा एमालेका केन्द्रीय सदस्य गीता अधिकारीले जननेता स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबादको १४ वटा बिशेषताहरु पार्टी र पार्टीका कार्यकर्ता स्तरसम्म पुर्‍याइने बताएकी छन् ।

नेकपा एमालेको ग्रास रुट कार्यक्रमलाई इलामको रोङ गाउपालिकामा सम्बोधन गर्दै केन्द्रीय सदस्य अधिकारीले समृध्द नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाक्षा पुरा गर्न ग्रासरुट कार्यक्रम आयोजना गरिएको र अभियानले नेकपा एमालेको संगठन बिस्तारमा उर्जा थपिने बताइन् ।

एमाले रोङले आयोजना गरेको सुखानी सहिद स्मृति दिवस तथा मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्ने अन्य बक्ताहरुले पनि बर्तमान चुनौति र एमालेको भूमिकाको बारेमा आ-आफनो धारणा राखेका थिए ।

कार्यक्रममा दिपककुमार थेबे, हेमराज आचार्य, युवराज खाप्तुवा राई, बिष्णुमाया खवास, सत्यम राई चौरासे, ध्रुव श्रेष्ठ लगायत बोलका थिए ।

कार्यक्रममा रोङ गाउँपलिकामा एमालेबाट बिजयी जनप्रतिनिधि, एमालेका जिल्ला कमिटिमा रोङबाट प्रतिनिधीत्व गर्ने सदस्य, पूर्व जनप्रतिनिधि, पाटीका कार्यकर्ता र एमालेका शुभचिन्तकको सहभागिता रहेको एमाले रोङका सचिब उपेन्द्र न्यौपानेले जानकारी दिए ।

कार्यक्रम अन्तरगत रोङका ६ वटै वडामा बिभिन्न मितिमा वडा स्तरीय अभियानको कार्यक्रम गरिने तालिका तयार भएको एमाले रोङले जनाएको छ । एमाले रोङका सचिब उपेन्द्र न्यौपानेका अनुसार वडा नम्बर १ बाट वडा नम्बर ६ सम्म नै कार्यक्रम गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार