मार्च ८ अथार्त अन्तर्राष्ट्रिय नारी दिवस ! के छ यसको इतिहास


सेवारो खबर  100 पटक हेरिएको

मार्च ८ अथार्त अन्तर्राष्ट्रिय नारी दिवस ! विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाउने चलन छ । यो वर्ष नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ  दिवस मनाइँदै छ ।

पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो । त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो र वर्ष २०२३ चाहिँ त्यसैले यो वर्ष हामी ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ । यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।

सन् १९१० मा भएको महिलावादी आन्दोलन
आउनुहोस्, एकफेर सन् १९१० मा भएको महिलावादी आन्दोलन, अझ भनौँ अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन गरौँ । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ । खासमा महिला आन्दोलन सुरु भएको मिति त्यति बेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतबार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो र त्यस कारणले हरेक वर्ष मार्च ८ मा नै महिला दिवस मनाइन्छ ।
सन् २०२३ को नारी दिवसको नारा
२०२३ को नारी दिवसको नारा चाहिँ भ्mदचबअभ भ्त्रगष्तथ अर्थात् समान हिस्सेदारीको आत्मसाथ भन्ने अर्थ लाग्छ । समानतालाई ई क्वालिटी भन्दै पैरवी गरिएको पछिल्ला वर्षहरूमा निकै समानताका लहर चर्चा गरिन्थ्यो भने अब नारी पुरुषको समान हिस्सेदारीको पैरवी गर्न थालिएको छ । नारी र पुरुषले समान ऊर्जा र हिस्साका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायको यस पहल साकार रहोस् ।

कसरी यो सुरु भयो ?
अन्तर्राष्ट्रिय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको वार्षिक दिन हो जुन पछि संयुक्त राष्ट्र सङ्घले मान्यता दियो ।

सन् १९०८ मा न्यू योर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि बीजारोपण भएको थियो ।

त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गर्‍यो ।

उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार चाहिँ क्लारा जेटकिन नामकी कम्युनिस्ट अभियानकर्मी र महिला अधिकारवादी महिलाले अगाडि सारेकी थिइन् ।

उनले उक्त विचार कोपेनहागनमा कन्फरेन्स अफ वर्किङ विमिन नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन् । त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए । र उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए ।

त्यो पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा मनाइएको थियो । त्यसको सयौँ वर्ष सन् २०११ मा मनाइएको थियो । त्यसैले यो वर्ष हामीले १११ औँ नारी दिवस मनाइरहेका छौँ ।

सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले त्यसलाई मनाउन सुरु गरेपछि नारी दिवस औपचारिक रूपमा अन्तर्राष्ट्रिय बन्न पुग्यो । राष्ट्र सङ्घले पहिलो नारा “सेलेब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर अर्थात् विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने“ भन्ने राखेको थियो ।

 

अन्तर्राष्ट्रिय नारी दिवस महिलाहरू समाजमा कति अगाडि बढे, राजनीति र अर्थतन्त्रमा कति अगाडि बढे भनेर मनाउने दिवस बनेको छ । र विद्यमान असमानताबारे चेतना बढाउन कतै विरोध प्रदर्शन र जुलुस गरेर यो दिवस मनाउने गरिन्छ ।

किन ८ मार्च?
क्लाराले अन्तर्राष्ट्रिय महिला दिवस प्रस्ताव गर्दा कुनै निश्चित दिन तोकेकी थिइनन् ।

सन् १९१७ मा रुसी महिलाहरूले ब्रेड एन्ड पीस माग गर्दै चार दिने विरोध प्रदर्शनपछि त्यस बेलाका जारले सत्ता छोडे र त्यसपछि बनेको काम चलाउ सरकारले महिलालाई मतदानको अधिकार दियो ।

त्यस बेला रुसमा प्रचलनमा रहेको जुलियन क्यालेन्डर अनुसार २३ फेब्रुअरीको दिनमा महिलाको हडताल सुरु भएको थियो जुन ग्रेगोरिअन क्यालेन्डर अनुसार मार्च ८ परेको थियो र त्यस यता नै नारी दिवस मनाउन थालियो ।

हामीलाई यो किन चाहिन्छ ?
महिला अधिकारबारे विश्वव्यापी लडाइँमा हामीले केही पछाडि हट्नु परेको हामीले देखेका छौँ ।

अफगानिस्तानमा तालिबानहरू सत्तामा आएपछि दशौँ लाख महिलाको जीवन परिवर्तन गरिएको छ ।

केटीहरूलाई स्कूले शिक्षाबाट वञ्चित गरिएको छ। महिला मन्त्रालय खारेज गरिएको छ र धेरै महिलाहरूलाई कार्यालयको काममा नआउन भनिएको छ ।@विभिन्न सञ्चार एजेन्सीबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार