इलामः पान्थरका न्यायिक समिति पाधिकारीलाई विवाद, मेलमिलाप र न्यायिक प्रक्रिया सम्बन्धीको पाँच दिवससीय तालिम सम्पन्न भएको छ ।
पाँचथर जिल्लाको सबै स्थानीय तहको न्यायिक समिति र उजुरी प्रशासक सहभागी तालिममा विवाद व्यवस्थापनका सम्बन्धमा अपनाउँनु पर्ने न्याय सम्पादन प्रक्रियाका विषयमा जानकारी गराएको थियो ।
मानव अधिकार मञ्च नेपाल इलामको आयोजना र ओपन सोसाीटी पोलेसी सेन्टर (ओएसपीसी) को सहयोगमा गुणस्तरीय न्याय सेवा सुनिश्चितताका लागि स्थानीय सरकार सहयोग परियोजनाले तालिम सञ्चालन गरेको हो ।
मानव अधिकार मञ्चका अध्यक्ष मोहन सिंह थेवेको अध्यक्षतामा सम्पन्न तालिममा स्थानीय सरकारको न्यायिक समितिलाई प्रतिफल दिने बनाउँनुपर्नेमा जोड दिए ।
न्यायिक समिति, उजुरी प्रशासक र सदस्यहरु गरी ३० जनाको सहभागिता रहेको तालिमको सहजिकरण योगराज सापकोटा, मनकुमार बराइली र गायत्री थेगिम लगायतले गरे ।