हामी स्वयंसेवी अभियानले गर्‍यो, प्रधानाध्यापक र शिक्षक नायक अभिमुुखिकरण कार्यक्रम


सेवारो खबर  101 पटक हेरिएको

इलामः हामी स्वयंसेवी अभियान कार्यक्रमले इलाममा प्रधानाध्यापक र शिक्षक नायक अभिमुुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
आन्तरिक मामिला तथा कानुुन मन्त्रालयको आयोजनामा गरेको अभिमुखिकरण कार्यक्रममा प्रदेश सरकारले सञ्चालन गरेको अभियानका बारेमा सहभागिलाई जानकारी गराइएको थियो ।

प्रदेश भरका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत किशोर किशोरीहरूलाई लागु पदार्थ दुुव्र्यसनको कुुलत तथा प्रयोग गर्नबाट निरूत्साहित गरी नैतिक, जिम्मेवार तथा असल नागरिकका रूपमा सामाजिक दायित्व निर्वाह गर्ने साथै पिद व्यवस्थापन सम्बन्धमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरी स्वयंसेवी भावना जाग्रित गराई स्वयंसेवी किशोर किशोरीहरू तयार गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको कार्यक्रम निर्देशक रामचन्द्र कोइरालाले जानकारी गराए ।

विद्यालय स्तरमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वय गर्न विद्यालय, अविभावक र स्थानीय तहले बहन गर्नुु पर्ने दायित्वको बारेमा समेत सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा जिल्लाका ३० बढि विद्यालयको प्रधानाध्यापक र शिक्षक नायकको सहभागीता रहेको थियो । कार्यक्रम निर्देशक रामचन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जय प्रकास राईले प्रदेश सरकारको अभियानलाई सफल बनाउँन सबै स्थानीय तहले दायित्व बहन गर्नुु पर्ने बताए ।

मन्त्रालयका सुवास कार्कीले सञ्चालन गरेको कार्यक्रममा अभियान कार्यक्रममा जिल्ला संयोजक याम कुमार माबो लिम्बुुले अभियान बारेमा जिल्लाको स्थीति र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार