
इलामः आम हड्तालको पूर्व सन्धयामा प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले प्रदेशका जिल्ला सदरमुकामसँगै प्रमुख शहरहरूमा शनिबार साँझराँके जुलुुस प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीले कोशी प्रदेश खारेज गर । कोशी प्रदेश मान्दैनौं । कोशी प्रदेश मूर्दावाद । कोशी प्रदेश धोका हो भन्दै मुुख्य बजारका चोक चोकमा कोणसभा समेत गरेका छन् ।
कोणसभामा जनभावना विपरित कोशी प्रदेश राखिएकोमा जनभावनाको सम्मान गर्दै पहिचानलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलामबजार, झापाको बिर्तामाड, दमक, भद्रपुर, मोरङको उर्लाबारी, पथरी, लेटाङ र बेलबारी, सुनसरीको इटहरी र धरान, धनुकटाको धनकुटाबजार, तेह्रथुमको मेयङलुङ, भोजपुरको भोजपुरबजार, उदयपुरको गाइघाट, खोटाङको दिक्तेल, ओखलढुंगाको ओलढुंगा, सखुवासभाको चैनपुरलगायतस्थानमा राँके जुलुस प्रदर्शन गरेको जनाइएको छ ।
जुलुसका क्रममा केही ठाउँमा प्रहरी हस्तक्षेप गर्दा प्रदर्शनकारी सामान्य घाइते समेत भएकाे जनाइएको छ ।

1181 पटक हेरिएको 














