इलामः प्रदेश व्यापी आम हडतालको क्रममा पक्राउ परेका कार्यकर्तालाई बिनासर्त तुरुन्तै रिहाइ गर्न माग गरेको छ । संघर्ष समितिले पक्राउ गरिएको दुुई दर्जन भन्दा बढी कार्यकतालाई विज्ञप्ती जारी गर्दै रिहाई गर्न माग गरेको हो ।
प्रदेशको नामाकरणको सवालमा जनताको माग र प्रदेशको ऐतिहासिक सांस्कृतिक बहुुल पहिचानलाई बेवास्ता गर्दै अत्यन्तै षडयन्त्र मूलक रूपमा गोप्य, र नियोजित तरिकाले पञ्चायती शैलीमा कसैले नमागेको कोशी नामाकरण गरी जनताको माग र पहिचानलाई निस्तेज गरिएको प्रति पुनः नामाङ्कन गराउन जनताको तर्फबाट आयोजना गरिएको शान्तिपूणर् आम हडतालमा सहभागिहरूलाई प्रहरी प्रशासनले धरपक्कड गरेको प्रति घोर भत्र्सना गर्दर्छौ जारी विज्ञप्तीमा भनिएको छ ।
आन्दोलनको क्रममा झापाको बिर्तामोडबाट मित्र लिङ्देन, विनोद न्यौपाने, निर्मला लिङ्देन, देउमान हाङ लिम्बु, राज खम्बु, गौरिमान राई, कुमार साम्यु, र सामी पालुङवा, झापाको दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो लिम्बू, महेन्द्र चाम्लिङ राई, बेनु कुमार लिम्बु, दिपक लिम्बू, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादेन, डिगबहादुर मादेन, श्याम मादेन, महेन्द्र चाम्लिङ राई र याम लोरिङ्देन, झापाको चारआलीबाट यलम्बर खम्बु, झापाको काँकडभिट्टाबाट ओमप्रकाश खापुङ र पवन मेचे पक्राउ गरिएको समितिले जनाएको छ । भर्खरै प्राप्त जानकारी अनुसार केर्खा बजारबाट ममता लिम्बू साम्योक आङ्देम्बे र दिलिप घताने पनि पक्राउ परेका छन् । घटनाको घोर भत्सर्ना गर्दै पक्राउ परेकाहरुलाई बिनासर्त तुरुन्तै रिहाइ गर्न सम्बन्धित सरोकारवाला निकायमा माग गर्दै समितिले अन्यथा यसबाट उत्पन्न हुने सम्पूणर् परिस्थितिको जिम्मा नेपाल सरकार र सरोकारवाला निकाय जिम्मेवार हु्ने किरात याक्थङ चुुम्लङ संघीय अध्यक्ष प्रेम येक्तेन,े आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जे सेर्पा, पहिचान सहितका प्रदेश नं १ पुनः नामाङ्कन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा सह अध्यक्ष ज्ञानबहादुर राईले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।