प्रदेश सभा सदस्य रानालाई मोबिल दलेर घरतिरै फर्काए


सेवारो खबर  159 पटक हेरिएको

इलामः कोशी प्रदेश सभा सदस्य तथा सांसदीय दलका उपनेता रामबहादुर रानालाई इलाम नगरपालिका ११ सोयाकमा बिहिबार बिहान करिब १० बजे पहिचानवादीले मोबिल दलेर इलाम बजार तिरै फर्काएका छन् ।

देउमाई मंगलबारे घरदेखि विराटनगर जाँदै गरेका रानालाई पहिचानवादीले सोयाक भञ्याङमा रोकी मोबिल दलेर घरतिरै फर्काको स्थानीय प्रत्यक्षदर्शी निलम राईले बताए ।

राना चढेका गाडि, वहाँको सुरक्षामा खटेका प्रहरी समेतलाई मोबिल लागेकोे प्रत्यक्षदर्शीले बताए ।

पहिचानवादी पक्षधरले भने विरोध कार्यक्रम अनुसार मोबिल दल्ने कार्यक्रममा सुरक्षाकर्मीलाई भूलबस मोबिल लगेको जानकारी गराए ।

सोयाक भञ्याङको सडकमा अवरोध गरी बसेका पहिचानवादी स्थानीयले मोबिल दल्न खोज्दा राना सवार गाडीमा मात्र लागेकोसँगै रहको नेपाल प्रहरीका असई टीका कोइरालाले जनाकारी गराए ।

असई कोइलाका अनुसार पाहिचानवादीले सोहि बाटो हुँदै विराटनगर जान नदिएकाले इलामतिरै फर्किएका छन् ।

यसअघि माङ्सेबुङ गाउँपालिकाको घर्ती दोभान क्षेत्रमा पहिचानवादी पक्षले ढुुङ्गा प्रहार गरी झापा तिरै फर्काका थिए ।

ढुुङ्गा प्रहार गर्दा राना सवार बा २ झ ३७३७ नम्बरको गाडीको गाडीको अगाडि र पछाडीको सिसा फुटेको थियो ।

प्रदेशको नामा पहिचानको आधारमा राख्नुपर्ने भन्दै कोशी प्रदेश खारेजीको आन्दोलनमा रहेका पहिचानवादीले १ नम्बर प्रदेशको नामाकारणमा कोशी प्रदेश नाम राख्न प्रस्तावक रहेका सदस्य रानालाई विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार