विभिन्न कार्यक्रम गर्दै नेपाल निजामती कर्मचारी युनियनले २१ औं स्थापना दिवस मनायो


सेवारो खबर  108 पटक हेरिएको

इलामः विभिन्न कार्यक्रम गर्दै नेपाल निजामती कर्मचारी युनियनले इलामले मंगलबार २१ औं स्थापना दिवस मनाएको छ ।

दिवसका अवसरमा निजामती कर्मचारीलाई स्वगत, विदाईसँगै अस्पतालमा सामग्री वितरण र तालिम समापन कार्यक्रम गरेको छ ।

गएको वर्ष दिनमा सेवा निवृत्त सात निजामती कर्मचारीलाई विदाई गरेको छ । यस्तै जिल्लामा आउँने पाँच नयाँ कर्मचारी स्वागत गरेको जिल्ला स्वाथ्य कार्यालयकी सूचना अधिकारी रीता अधिकारी सुवेदीले जानकारी गराइन् ।

सेवा निवृत्त लोक सेवा आयोगका महेन्द्र चौहान, इलाम नगरपालिकाका रामकुमार शाह, कमल भण्डारी, बीना राई, कालपोत कार्यालयका होमनाथ लुुईटल, पशु सेवा कार्यालयका डिकबहादुर कार्की, वन कार्यालयका देवेन्द्र प्रधान लगायतलाई विदाई गरिएको छ ।

दिवसकै अवसरमा २०७८ असोज २ गते पहिरोमा परी बेपत्ता भएका स्वाथ्यकर्र्मी ठाकुर याक्खा र सुमन राईलाई मरणोपरान्त सम्मान गरेको छ । मरोणोपरान्त सम्मान परिवारले ग्रहण गरेका थिए ।

इलाम अस्पतालमा आउँने विरामीको चाप र कुरूवालाई बस्न सुविधा दिन १० थान मेट्रेस वितरण गरिएको छ । यसलाई थप्नुपर्ने आवश्यकता देखिएकोले आउँदो निजामती सेवा दिवसको आउँदो भदौ २२ गते थप २० थान मेट्रेस वितरण गर्ने सूचना अधिकारी रीता अधिकारी सुवेदीले जानकारी गराइन् ।

कम्प्युटर तालिम सम्पन्न


कर्मचारी युनियन बहुँउद्देस्यीय सहकारी संस्थाले सञ्चालन गरेको तीन महिने कम्प्युटर तालिम समापन भएको छ ।

सेर्पा साइवर मल्टि ट्रेनिङ सेन्टरले सहजिकरण गरेको तालिममा २८ जना श्रेणि बिहिन कर्मचारी सहभागी भएको बताएको छ ।
तालिममा सहभागिलार्ई तीन महिने आधारभूत कम्प्युटर तालिमको प्रमाण पत्र समेत दिइएको छ ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष इश्वरकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकरी श्रवणकुमार पोख्रेलले प्रमुख आतिथ्यता र इलाम अस्पतालका मेडिकल सुुपरीटेण्डेन्ट प्रभू शाहको उपस्थितीमा सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार