सन्दकपुरः स्वास्थकर्मी र संरक्षक शिक्षकलाई सन्दकपुर गाउँपालिकामा मनोसामाजिक मनोविमर्श सम्बन्धि तालिम शुक्रबार सम्पन्न भएको छ ।
नागरिक शान्ति सेवा, जिआईजेठ जेठएफडीको सहयोग र मानव अधिकार मञ्च नेपाल, बाल अधिकार समिती सन्दकपुर गाँउपालिकाको संयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो ।
बालबालिकामा मनो सामाजिक समस्या आएमा यसलाई कसरी चिन्ने यसका लागि के गर्न सकिन्छ ? स्वास्थचौकी र अस्पतालमा आएका बिरामीमा मनोसामाजिक समस्याको बारेमा छलफल हुन्छ् की हुदैन, समस्या पहिचान भएमा कहाँ कोसँग कसरी सम्पर्क गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन भएको जनाइएको छ ।
तालिममा मनोसामाजिक समस्या भनेको के हो ? यसका कारण र लक्षणहरु के के हुन सक्छन् ? यसलाई कसरी पहिचान गर्न सकिन्छ ?मानसिक रोग के हो ? समस्या परेकालाई गरिने विभेद लान्छना भनेको के हो लगायतका विषयमा छलफल गरिएको तालिम सहजकर्ता रूद्र थेबेले जानकारी गराए ।
तालिम समापनका अवसरमा मनोसामाजिक समस्या भएको पहिचान भए पालिकामा रहेका मनोविमर्शकर्ता साथै मनोविमर्श सम्बन्धि तालिम लिएका परामर्शकर्ता समक्ष जान सल्लाह सुझाव दिने सीप सिकेको तालिममा सहभागीले बताए ।
तालिममा बाल अधिकार समितिका अध्यक्ष पालिकाका उपाध्यक्ष हरि लुङेली मगर, स्वास्थकर्मी र माविका संरक्षक शिक्षक सहित २० जनाको सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण मानव अधिकार मञ्च नेपाल इलामका मनोविमर्शकर्ता गायत्री थेगिम र रुद्र थेबेले गरेका थिए ।