६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी, प्रतिवेदन बुझाउँदै सिआइबी


सेवारो खबर  380 पटक हेरिएको

काठमाडौँः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी भएको ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ ।

सिआइबीले आज पत्रकार सम्मेलन गरेर ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको जानकारी दिएको हो ।

सिआइबी प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले पक्राउ परेका ३२ जना प्रतिवादीसहित ३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको जानकारी दिए ।

सिआइबी प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सुन प्रकरणमा पूरक अनुसन्धान गरिने जानकारी दिँदै तस्करीमा संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलोबाहेक रेडीलिंक कम्पनीको नाममा ३ सय ६२ किलो सुन तस्करी भएको पनि प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन् ।

यस्तै प्रहरीको फरार सूचीमा रहेका १८ जना रहेको र तीमध्ये १४ जना विदेशी र ४ जना नेपाली नागरिक छन् ।@onlineradionepalबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार