इलामः इलाम नगरपालिका ९ बाट हत्या आरोपमा एक युवा पक्राउ परेका छन् । सोही वडाका वर्ष २९ को पदमबहादुर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तामाङलाई इलाम नगरपालिका ९ बस्ने ५२ वर्षिय रेशम भनिने रेशमराज राईको हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक प्रकाश जबेगुले जानकारी गराए ।
नगरपालिकाको सोही वडाको गायोडाँडा लामे दुवाली कुलोमा राईको लास शंकास्पद अवस्था फेला परेको खबर प्रहरीले पाएपछि घटना स्थलमा पुग्दा टाउँकोमा गम्भिर चोट लागि रगत बगेको अवस्थामा भेटिएको थियो । घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने देखिएको प्रहरीको भनाई छ ।
मतृकका छोरा मनराज राईको किटानी जाहेरी र घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा सोही ठाउँको पदमबहादुर तामाङले हत्या गरेको खुलेकोले निजलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।