प्रदेशमा मन्त्री छान्दै एमाले इलामका रामबहादुर राना मन्त्री बन्दै


सेवारो खबर  103 पटक हेरिएको

बिराटनगर: नेकपा एमालेले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्री चयन गर्दैछ ।

अहिलेसम्म राम रानाको नाम टुंगिएको र अरु नामका विषयमा छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

एमालेका सबै ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् र उनले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेलाई पनि सहभागी गराउने तयारी गरेकाले मन्त्रीको नामका विषयमा छलफल भइरहेको भण्डारीले बताए । ‘मुख्यमन्त्रीसँग छलफलपछि निणर्यमा पुग्छौं’, उनले भने ।

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहबाट रामकुमार खत्री र समशेर राईको नाम चर्चामा छ । तर टुङ्गो लागेको छैन । ‘संकटमा साथ दिएका सबै (८ जना) सरकारमा सहभागी हुन्छन्’, मुख्यमन्त्री कार्की निकट स्रोतले भन्यो, ‘सुरुमा को जाने भन्ने टुङ्गो लागेको छैन ।’@onlinekhabar बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार