मंसिर १२ गते सोमबारदेखि अनिश्चितकालिन मेचि राजमार्ग बन्द गर्दै संयुक्त संघर्ष समिति


सेवारो खबर  87 पटक हेरिएको

इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले मंसिर १२ गते सोमबारदेखि अनिश्चितकालका लागि मेचि राजमार्ग बन्दको आव्हान गरेको छ ।

ताप्लेजुङमा पक्राउ परेको पहिचानवादी कार्यकर्ता आइतबार साँझसम्ममा पनि रिहाई नगरिएले बन्दको आव्हान गरेको पहिचान सहितको प्रदेश नं. पुनः नामाङ्कन अभियान समितिका संयोजक डकेन्द्र थेगिमले फेसबुकमा जानकारी गराएका छन् ।

समितिले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रदर्शनको विषयलाई लिएर पाथीभरा याङ्वरक-३ का विपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विज्ञप्तीमा मंसिर १० गते राति १०ः३० बजे डकैती शैलीमा पक्राउ गरिएका र पहिचानवादी नेता नवीन पोमु, डम्बर पालुङ्वा, मनिस हेल्लोक, कुमार खिम्दिङ लगायतलाई लगाइएको आरोपप्रति संयुक्त सङ्घर्ष समिति घोर भत्सर्ना गर्दछौँ भनिएको छ ।
विज्ञप्तीमा साम्प्रदायिक रूपमा गाली गर्ने पूर्व प्रधानमन्त्री केपी ओली, योगेश भट्टराई र महेश बस्नेत सहभागी कार्यक्रममा कालो झण्डा देखाउने लगायतका शान्तिपूणर् विरोध गर्ने हाम्रो घोषित कार्यक्रम हो । कोशी खारेजी र तीन भाइले माफी नमागेसम्म प्रदर्शन निरन्तर रहने जनाइएको छ ।

प्रदेश १ को पुनः नामकरणको आन्दोलन सशक्त बन्दै गएको बेला पूर्व सङ्घीय मन्त्री योगेश भट्टराईले सदनमा राई, लिम्बू, तामाङ, मगर, गुरुङ, शेर्पा लगायतलाई सामुदायिक रूपमा गाली गर्नुका साथै पहिचानको पक्षमा रहेका शिल्पी, खस/आर्यलाई पनि भट्टराई लगायतका तीन भाइले गाली गर्दै आएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

लिम्बू समुदायको आस्थाको केन्द्र तिम्बुङ पोखरीलाई समेत विष्णु मन्दिर बनाएर विष्णु पोखरी बनाउन प्रयास गर्ने योगेश भट्टराई पहिचानवादी शक्तिसँग निहुँ खोज्नकै लागि विभिन्न बहानामा ताप्लेजुङ आएपछि २०८० मङ्सिर १० गते संयुक्त सङ्घर्ष समितिले कालो झण्डा प्रदर्शन गरेको समेत जनाएको छ ।

कोशीले साझा भावना समेट्दैन
प्रदेशको नाम कोशीले साझा भावना नसमेट्ने प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।

समितिले सोमबार जारी गरेको विज्ञप्तीमा कौशिक ऋषि एकल गोत्रीय कोशी नामले आम प्रदेशवासीको साझा भावनाको प्रतिनिधित्व गर्न सक्दैन भनिएको छ ।

साझा भावनाको प्रतिनिधित्व नगर्ने भएकोले कोशी नाम खारेजी अनिवार्य छ विज्ञप्तीमा उल्लेख गरेको छ ।

समितिको बिज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार