प्रदेश प्रहरी कार्यालय विराटनगर “सुरक्षा सुनिश्चितता अभियान २०८०” सञ्चालन गर्दै


सेवारो खबर  215 पटक हेरिएको

विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” सञ्चालन गरिरहेको छ ।

अभियान अन्तरगत सोमबार एक सय ११ स्थानमा सचेतनामुलक विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

ट्राफिक कारबाहीमा चार लाख ५८ हजार पाँच सय राजश्व संकलन गरेको छ । १५ स्थानमा सवारी दुर्घटना भएका छन् । ६ सय ७२ सवारी साधन कारबाहीमा परेका छन् । भने ६१ स्थानमा जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

तीन जना लागु औषधको नाममा पक्राउ परेका छन् । २ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर, ७६ हजार ३०३ एम्पुल ट्याबेलेट प्रतिबन्धित औषधी बरामद गरेको जनाएको छ ।

छ जना लागुपदार्थ सेवनकर्तालाई मनोपरामर्श दिइएको छ । भन्सार छली ल्याएको २० हजार राजश्व संकलन भएको छ । ४३ रोपनी जग्गामा रोपिएको धनकुटामा १९ हजार एक सय र उदयपुरमा ३५ हजार बोट फाँडेको जनाएको छ ।

६३ वटा होटल चेकजाँच गरेको छ । भने ९ जना फरार पक्राउ गरेको समेत जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार