प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित


सेवारो खबर  110 पटक हेरिएको

विराटनगरः कोशी प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ ।

बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो ।

कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० (विनियोजन विधेयक ) माथि आठ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्री केदार कार्कीले बजेटले अन्याय गरेको क्षेत्रमा कानुनको सुविधा प्रयोग गरेर सच्याउने प्रतिवद्धता गरेपछि सांसदहरुले खर्च कटौतीको प्रस्ताव फिर्ता लिए । सांसदहरुले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारित भएको हो ।

तत्कालिन मुख्यमन्त्री हिक्कतकुमार कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका थिए । शनिबार अध्यादेश प्रतिस्थापन विधेयक मार्फत केदार कार्कीले ५० करोड थप गर्दै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरेका थिए । ५० करोड थप गरेर कार्कीले ल्याएको बजेट पारित भएको हो । @ourbiratnagar.netबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार