एलायन्स इलामले बुझायो ध्यानाकर्षण पत्र

स्थानीय तहको योजना नर्माणमा मानव अधिकारको सम्बोधन गर्न माग


सेवारो खबर  328 पटक हेरिएको

इलामः ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार एलायन्स इलामले जिल्ला समन्वय समिति मार्फत स्थानीय तहमा मानव अधिकारको सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ ।

एलायन्स इलामले सोमबार जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

जिल्ला अध्यक्ष गायत्री थेगिमले हस्तान्तरण गरेको ध्यानाकर्षण पत्रमा मानव अधिकारको प्रत्याभूति दिलाउँन स्थानीय सरकारले योजनाबद्ध काम गर्नुपर्ने उल्लेख छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘मानव अधिकारका विषयमा स्थानीय सरकारको कार्य योजनामा प्रभावकारी कार्यान्वयन गर्न र आफ्नो पालिका तथा जिल्ला भित्र मानव अधिकारको अवस्था सुदृढ बनाउन, मानव अधिकारमैत्री योजना निर्माण गर्न, दिगो विकासका सूचकहरु हासिल गर्दै सबै नागरिकको जीवनको रक्षा गर्न, स्वतन्त्रता र न्याय सुनिश्चित गर्न मानव अधिकार घोषणा पत्र जारी भएको ७५ वर्षको अवसरमा जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराउँदछौँ ।’

ध्यानाकर्षण पत्र ग्रहण गर्दै जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले मानव अधिकार सम्मत विकास योजना निमाणर्मा सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले मानव अधिकार सम्मत विकासले मात्र समृद्ध समाजको निर्मांण हुने बताउँदै स्थानीय सरकारले समेत मानव अधिकारलाई सम्बोधन गर्न आग्रह गरे ।

नेपालमा जलवायुु परिवर्तनको असर, नियमित प्रकोपहरु, महामारी, सडक दुर्घटना, हिंसा, हत्या, जस्ता घटनाहरुको संख्यामा कमी आएको छैन । नागरिकहरु विविध कारणहरुले असुरक्षित छन् । मनोसंकट बढ्दो रुपमा देखिएको छ, जसका कारण दैनिक औसत १६ जनाले आत्महत्या गरिरहेका छन् । आवागमन व्यवस्थित देखिएको छैन, जसका कारण औसत ७ जना व्यक्तिहरु सडक दुर्घटनामा मरिरहेका वर्तमान अवस्थालाई ध्यानमा राखेर स्थानीय तहले आधारभूत रूपमा काम गर्नुपर्ने एलायन्सको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, मानव अधिकार एलान्सका केन्द्रीय उपाध्यक्ष देबेन्द्र विश्वकर्मा, प्रदेश सचिव मनकुमार बराइली, सुरे पोर्तेल, गंगादेवी उप्रेती, रञ्जु थामी, उर्मिला राई, पूर्व केन्द्रीय सदस्य केशव धौराली उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार