इलामः दुग्धजन्य उत्पादनमा देखिएको समस्या समाधान गर्न सरोकारावालाले काम गर्नुपर्ने सोमबार इलाम बजारमा आयोजित एक कार्यक्रमका बत्ताले बताएका छन् ।
इलामको दुग्धजन्य उत्पादनको निकासी तथा बजारीकरणमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै किसानको समस्यालाई सबै तहका सरकारले सम्बोधन गर्नु पर्नेमा जोड दिए ।
किसानले दुधको गुणस्तर सुधार गर्दै, दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउनु पर्ने माग गर्दै संघ, प्रदेश र स्थानीय तहले समयमै समस्याको समाधानको पहल गर्नुपर्ने सहभागी किसानहरूको भनाई थियो । यस्तै विदेशबाट आयात भइरहेको दुग्धजन्य उत्पादनलाई नियन्त्रणका लागि भन्सार बिन्दुमा क्वारेन्टाइन चेक र नियन्त्रण हुनु पर्ने माग गरे ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाको अध्यक्षता भएको कार्यक्रममा दुग्ध विकास संस्थान बिराटनगरले किसानहरुलाई दिनु पर्ने रकम समयमा भुक्तान गर्ने गराउने व्यवस्था मिलाउनु पर्ने बताए । किसानहरूले दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउने खालका नीति तथा कार्यक्रम लागू हुँनुपर्नेमा जोड दिदै गाईपालक कृषकहरुलाई समयानुकूल अनुदान, ऋण सुविधा तथा बीमा र प्रशिक्षणको व्यवस्था हुनु पर्नेमा जोड दिए ।
दुग्ध उत्पादक संहकारी संघका हेम कट्टेल, राष्ट्रिय कृषक महासंघका राम मगर, जिल्ला सहकारी संघका लिला थापा, नेपाल पत्रकार महासंघका बिप्लव भटृराई, उद्योग वाणिज्य संघका कृष्ण पौडेल लगायतले बोलेको कार्यक्रममा दुग्धजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणका लागि आवश्यक नीति तथा उत्पादन उद्योग स्थापनाका कार्यक्रम आउनु पर्ने बताए ।
दुग्ध विकास संस्थान बिराटनगर अन्तर्गत रहेका पुवाखोला चिस्यान केन्द्र र बागखोर चिस्यान केन्द्रलाई यथाशीघ्र सुचारु गराउनु पर्ने लगायतको समाधानका उपायहरुमा जोड दिनुपर्ने सहभागीको भनाई थियो ।
जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाको उपस्थिति रहेको कार्यmत्रममा इलाम सदरमुकाममा स्थापित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा डाक्टरको व्यवस्था मिलाउँन माग गर्दै खोरेत खोप लगायतका गाई भैसीमा लगाइने खोप समयमै उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादवले समस्या समाधानका लागि आप्mनो तर्पmबाट पहल हुने प्रतिबद्धता जनाएको अन्तक्रियामा इलामको दुग्धजन्य उत्पादनको निकासी तथा बजारीकरणमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा नगर प्रवक्ता श्री नुतन देव दुलालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
अन्तरक्रिया कार्यक्रमको पहिलो सत्रमा इलाम नगरपालिकाको पशु विकास शाखाको तर्पmबाट प्राविधिक सहायक प्रकाश लुइटेलले समस्या र समाधानका उपायहरुका बारेमा प्रस्तुतीकरण राखेका थिए ।