देउमाईः देउमाई नगरपालिकाका सूचिकृत मेलमिलापकर्ताले विवाद व्यवस्थापनको क्षेत्रमा काम गर्ने अवसर पाउँनुपर्ने बताएका छन् ।
उनिहरूले सेवारो खबरसँग कुरागर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गतको सूचिकृत मेलमिलापकर्तालाई विवाद व्यवस्थापनमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रकृयागत रूपमा मेलमिलापकर्ताको सीपलाई उपयोग गर्नुपर्ने मेलमिलापकर्ता अर्जुनकुमार बस्नेतले बताए । उनले व्यवहारिक जीवनमा सामाजिक न्यायका लागि न्यायिक समितिले मेलमिलापकर्ताको सीपलाई उपयोग गर्नुपर्नेमा जोड दिए ।
समाजमा हुने गेरको द्वन्द तथा विवादलाई सामाजिक न्याय अनुभूत गराउँने मेलमिलापकर्ताको सीपलाई स्थानीय सरकारले उपयोग गरेर कानुनको कार्यान्वयन र सामाजिक न्यायमा पहुँच निर्माण गर्नुपर्ने भीमबहादुर सिजाली मगरले बताए । उनले यसका लागि मेलमिलापकर्ता काम गर्न तत्पर रहेपनि स्थानीय सरकारले गर्नुपर्ने प्राविधिक प्रकृया समेत पुरा गरिदिनु हुन आग्रह गरे ।
मेलमिलापकर्तालाई न्यायिक समिति र मेलमिलाप केन्द्रमा प्रत्येक वडामा उपयोग गर्नुपर्ने चेतप्रसाद आर्चायले बताए । उनले मेलमिलापकर्ताको सीपलाई सहि ढंगले उपयोग गर्न नसकेमा विवाद व्यवस्थापन सहि ढंगले हुन नसक्नेमा जोड दिए । यस्तै मेलमिलापकर्ता भेषराज लिम्बूले सीपलाई उपयोग गर्ने अवसर दिने काम न्यायिक समितिको भएकोले मेलमिलपाकर्तालाई उपयोग गर्न आग्रह गरे ।
देउमाई नगरपालिकामा दुई दर्जन बढि सचिकृत मेलमिलाकर्ता भएपनि विवाद व्यवस्थापनको काम नर्गे अवसर नपाएको मेलमिलापकर्ताको गुनासो छ । यसको सट्टा कानुनी प्रावधान विपरित जनप्रतिनीधि आफै स्थानीय विवाद मिलाउँदै आएको कर्मचारी तथा स्थानीयवासीको भनाई छ ।
तहको न्याय सम्पादनको क्षेत्रमा प्रकृयागत काममा जनप्रतिनीधिले सहयोग गर्नु पर्ने न्यायिक समितिको भनाई छ । पुनःसंरचना भएको सात वर्ष बितिसक्दा पनि देउमाई नगरपालिकामा स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गतका कुनैपनि मेलमिलाप केन्द्र स्थानपना भएका छेनन् ।