मरब क्याम्पस इलामको प्रमुखमा पौडेल सिफारिस


सेवारो खबर  141 पटक हेरिएको

इलाम:महेन्द्ररत्न बहुमुखी क्याम्पसको प्रमुखमा गंगाराम पौडेल सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी समितिले मंगलबार (आज) सहप्राध्यापक पौडललाई क्याम्पस प्रमुखमा सिफारिस जनाइएको छ ।

‘आफूलाई प्रमुखमा सिफारिस गरेको निर्णय गरेको जानकारी आफूलाई आएको बताउँदै पौडेलले भने–त्रिविले नियुक्तिपत्र पनि पठाइसकेको होला, इमेल हेरेको छैन’ ।”

पौडेल शिक्षा र नेपाली विषयका सहप्राध्यापक हुन् । २०५५ साल मंसिरमा त्रिविमा अध्यापकका रूपमा पहिलो पटक नियुक्त भएको थियो । फाकफोकथुम घर भएका पौडेल इलाम बजारमा बस्दै आएका छन् ।

क्याम्पस प्रमुख रहेका सहप्राध्यापक खगेन्द्र चापागाईंको गएको माघ १७ गते उमेरहदका कारण अनिवार्य अवकाश भएपछि पौडेल, राजेन्द्र बराल र बद्रीप्रसाद फुएँलको नाम कार्यकारी समितिमा प्रमुखका लागि सिफारिस गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार