मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ, मिनिट्रकबाट गाँजा बरामद


सेवारो खबर  201 पटक हेरिएको

मोरङः झापाको बिर्तामोड नगरपालिका डाँडागाँउ-८ स्थितबाट चोरीको मोटरसाईकल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा भद्रपुर नगरपालिका-९ का १९ बर्षीय हरी गुरुङलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मोटरसाईकल सहित पक्राउ परेका गुरुङको थप अनुसन्धान भईरहेको छ ।

यस्तै, धनकुटाको साँगुरीगढी गाँउपालीका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा गाँजा प्रहरीले बरामद गरेको छ ।

सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पोसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतबार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५ सय ४४ केजी लागुऔषध गाँजा बरामद गरेको जनाइएको छ ।

गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार