पहिलो चरणको मत परिणाम घोषणा कुन उम्मेद्वारको मत कति परिणाम सहित !

नेपाली कांग्रेस अगाडि


सेवारो खबर  278 पटक हेरिएको

इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको पहिलो चरणको मत गणना सार्वजनिक भएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरुवात भएको पहिलो चरणको मत गणना निर्वाचन कार्यालयले सार्वजनिक गरेको हो । अहिले मत गणना स्थलमा मत गणना जारी छ ।

पहिलो मत गणना सार्जनिक हुँदा १ राजनीतिक दल र २ स्वतन्त्रले कुनै पनी मत प्राप्त गर्न सकेका छैनन ।

नेसनल रिपब्लिक नेपाल पार्टीका उम्मेद्वार धनराज राना मगर र स्वतन्त्र उम्मेद्वार डकप्रसाद गौतम र मनोज निरौलाले कुनै पनि मत प्राप्त गरेका छैनन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ को पहिलो चरणको मत गणना सार्वजनिक हुँदा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १ हजार १ सय ५५ मत पाएका छन् । नेकपा एमालेका सुहाङ नेम्बाङले १ हजार ७२ मत पाएका छन् ।

पहिचावादी डकेन्द्रसिंह थेगिमले ३ सय १३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलनकुमार योङहाङ लिम्बुले २ सय ११ मत पाएका छन् । नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले ११ मत, स्वतन्त्र दिपेश बोहोराले ९ मत प्राप्त गरेका छन् ।

मंगोल नेसनल अर्गनाईजेसनका मणिकुमार लिम्बुले ८, नेकपा एकिकृत समाजवादी पार्टीका जीतबहादुर राई र राष्ट्रीय प्राजातन्त्र पार्टीका लक्ष्रि गुरुङले समान ६ मत, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ५ मत पाएको जनाइएको छ ।

यस्तै स्वन्त्र उम्मेद्वार अर्जुनबहादुर शाही ३ मत,  राप्रपा नेपालका गणेशबहादुर चौहान र स्वतन्त्र राज बश्यालले २ मत प्राप्त गरेको छन् ।

नेपाल मजदुर किसान पार्टी श्यामबहादुर दर्जी, राष्ट्रिय मुक्ति आन्दोलन दलका जयवन्त विक्रम शाह र स्वतन्त्र योगेन्द्र गुरुले समान १ मत पाएका छन् ।

निर्वाचन आयोगका अनुसार फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ मा १ हजार ५ सय ३८ खसेको मतमा १ हजार ५ सय २१ सदर मत र १७ मत बदर भएको जनाइएको छ । यस्तै २ नम्बर वडामा १ हजार २ सय ९८ खसेको मतमा १ हजार २ सय ८५ सदर मतमा १३ मत बदर भएको जनाएको छ ।

आयोगको आधिकारी नतिजा

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार