‘उच्च शिक्षा अध्ययन छात्रवृतिमा विद्यार्थिको पहुँच बढाउँन सरोकारवालाले ध्यान दिनुपर्छ’


सरिता राई  138 पटक हेरिएको

इलाम: उच्च शिक्षा अध्ययन छात्रवृतिमा विद्यार्थिको पहुँच विषयमा एक दिवशिय अन्तरक्रिया शुक्रबार (आज)  इलाम बजारमा सम्पन्न भएको छ् ।

नेपाल बिजनेश कलेज विराटनगरको आयोजनामा उच्च शिक्षा अध्ययनका लागि नेपाल सरकारले गरेको व्यवस्था बमोजिम पहाडी जिल्लाबाट छात्रवृतिमा पहुँच विस्तार गर्न सरोकारवालाले ध्यान दिनु पर्ने अन्तरक्रियामा सहभागीले जिल्ला विभिन्न विद्यालयका शिक्षकहरुले बताए ।

उनिहरुले पहाडी जिल्लाका विद्यार्थिहरुको छात्रवृतिमा पहुँच शुन्य रहेकोले यसलाई बढाउनका विद्यालयस्तरमा विभिन्न कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल बिजनेश कलेजले विद्यार्थिहरुलाई पूर्ण निशुल्क छात्रवृति प्रदान गर्दै आएको जानकारी गराउँदै जसको लागि विद्यार्थिले लिखितमा ६८ प्रतिशत अंक ल्याउनु पर्ने कार्यक्रम संयोजक दिपक कोईरालाले जानकारी गराए ।

कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार