सामुदायिक प्रहरीको साझेदारीमा समुदाय लक्षित सचेतनामुलक कार्यक्रम सम्पन्न


सेवारो खबर  108 पटक हेरिएको

इलाम: सामुदायिक प्रहरीको साझेदारीमा सोमबार आज जिल्लाको विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

समाजमा विद्यमान रहेका समस्याहरुको पहिचान गरी न्युनिकरण गर्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

सचेतनामुलक कार्यक्रममा सार्वजनिक सावरी साधनमा चढ्ने यात्रुले गरेको गुनासाका विषयमा सवारी चालक सहचालक तथा सवारी धनिलाई समेत सचेत गराइएको छ ।

चालक तथा सह चालकले यात्रुलाई गर्ने गरेको दुर्व्यवहार, यात्रुलाई लिने भाडा दर, ट्राफिक नियमकम विषयमा जानकारी गराइएको छ । यसका साथै लागु औषध दुर्व्यसनी न्यूनिकरण, आत्म हत्या न्युनिकरण र बाढी पहिरोबाट सुरक्षित रहने विषयमा समेत सचेत गराइएको बताइएको छ ।

प्रहरी चौकी आमचोक, प्रहरी चौकी जितपुर, प्रचौ बाँजो लामिटार, अस्थायी प्रहरी बिट गजुरमुखीधाम, प्रहरी बिट पुवामझुवा र प्रहरी चौकी फुयातप्पाले स्थानियबासी, भद्रभलाद्मीहरुलाई भेला गराई समुदायमा जातिलाई लक्षित गरेर होच्याउँने कार्य गर्न नहुँने । छुवाछुत तथा दुर्व्यवहार गर्न नहुँने विषयमा जानकारी गराइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार