जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मित्रता दिवस हो आज । मित्रता एक व्यक्तिको जीवनको बहुमूल्य धन हो । यो यस्तो सम्बन्ध हो, जसले मानिसलाई कुनै स्वार्थ र भेदभाव बिना एकअर्कासँग जोडेको हुन्छ । यही मित्रताको सम्बन्धलाई मनाउन हरेक वर्ष मित्रता दिवस मनाइन्छ । मित्रताको महत्व बुझाउने उद्देश्यले यो दिवस विशेष रुपमा मनाइन्छ ।
साथी’ कुनै व्यक्तिको साथमा रहने व्यक्ति हो । यो एक मनोवैज्ञानिक सम्बन्ध हो । साथीसाथी वा एक अर्को व्यक्तिप्रतिको पारस्परिक आत्मीयता तथा मायाको सम्बन्धलाई ‘मित्रता’ भन्दछन् ।
तर, मानिसहरु अक्सर यस बारे अन्योलमा छन् । वास्तवमा, धेरै ठाउँमा यो जुलाई ३० मा मनाइन्छ, जबकि केही देशहरूमा यो अगस्तको पहिलो आइतबार मनाइन्छ । यो दिवस विभिन्न देशमा फरक फरक मितिमा मनाइन्छ । वास्तवमा, धेरै देशहरूमा जहाँ मित्रता अगस्तको पहिलो आइतबार मनाइन्छ, यो अन्तर्राष्ट्रिय रूपमा ३० जुलाईमा मनाइन्छ। यस दिनको इतिहासको बारेमा कुरा गर्दा, सन् १९५८ मा पहिलो पटक पाराग्वेमा यो दिन मनाउने प्रस्ताव गरिएको थियो । पछि यही प्रस्तावलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रूपमा घोषणा गरेपछि हरेक वर्ष जुलाई ३० तारिखका दिन विश्वका धेरै देशमा अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै आएको छ ।
यो दिन विशेष गरी साथीहरू र तिनीहरूको मित्रतालाई समर्पित छ। मित्रता मनाउने र मानिसको जीवनमा साथीको महत्त्व बुझाउने उद्देश्यले यो दिवस मनाइन्छ । यो दिनले साथीबिनाको हाम्रो जीवन कसरी अधुरो छ र हाम्रो जीवनमा साथीको महत्व कति छ भनेर बताउँछ ।
सबै सबैको साथी बन्न सकुँ शुभकामना । र बुझ्न सकुँ एक अर्का बिना संसारको सिर्जाना सम्भव छैन ।