सेवारो खबरकर्मी राई सहित तीन सञ्चारकर्मी पुरस्कृत


सेवारो खबर  139 पटक हेरिएको

इलाम: प्रेस चौतारी पत्रकारिता पुरस्कार मार्फत सेवारो खबरकर्मी सरिता राई सहित तीन सञ्चारकर्मीलाई पुरस्कृत भएका छन् ।

उनिहरुलाई प्रेस चौतारी नेपालले बुधबार इलाममा एक कार्यक्रम गरी पुरस्कृत गरेको हो ।

प्रेस चौतारी नेपाल इलामले प्रत्येक बर्ष प्रदान गर्ने “प्रेस चौतारी पत्रकारिता पुरस्कार-२०८०” इलाम पोष्ट दैनिक इलामका कार्यकारी सम्पादक बलराम बराइली प्रदान गरिएको छ ।

२०६४ सालमा पूर्वान्चल दैनिकबाट पत्रकारिता शुरु गरेका बराइलीले जनसांसद दैनिकको संवाददाताको अनुभव समेत गरिसकेका छन् ।

यस्तै “प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार-२०८१” दुई सञ्चारकर्मीलाई दिइएको छ । पुरस्कार सरिता राई र सन्तोष गिरीलाई दिइएको बताइएको छ ।

पुरस्कृत राई सञ्चारिका समुह इलामकी सचिव, चलचित्र पत्रकार संघकी कोषाध्यक्ष हुन । उनले २०७६ सालमा  इलाम एफएमबाट सञ्चारकर्मी शुरु गरेर सप्तरङ्गि डटकम र इलाम पोष्ट हुदै हाल सेवारो खबरकर्मी हुन ।

सञ्चारकर्मी गिरी चुलाचुलीबाट रेडियो नेपालका संवाददाता हुन । गिरीले २०७६ सालदेखि चुलाचुली गाउँपालिकाबाट सञ्चालन गरिएको इलाम टाईम्सबाट पत्रकारिता सुरु गर्दै चुलाचुलि मिडियाको सम्पादक हुन ।

 

 

पुरस्कृत सबैलाई जनही नगद दश/दश हजार दोसल्ला र प्रमाण पत्र समेत प्रदान गरिएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राई प्रेस चौतारी नेपालका संघीय लेखा समिति संयोजक पत्रकार सटेन्द्र जबेगु, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष भीम चापागाई, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष बिप्लभ भट्टराईले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार