इलाम: अखिल नेपाल महिला संघ (अनेमसंघ क्रान्तिकारी)ईलाम नगरपालिकाको प्रथम सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनले मंगली बिश्वकर्माको अध्यक्षतामा १५ सदस्य इलाम नगर किमटी गठन गरेको छ ।
संघको उपाध्यक्ष सरिमाया धमला, सचिव कृष्णकुमारी लिम्बू , सहसचिव सरिता राई र कोषाध्यक्ष सुस्मिता राई छनौट भएका छन् ।
सदस्यहरुमा नेत्रकुमारी कट्टेल, शान्ति राई, ईन्दिरा फागो, दमन्ता सापकोटा, कुशमाया राई, गीतामाया लिम्बू ज्योति राई, ईन्धु बराईली, फूलमति राई र सम्झना रोक्का छानिकएका छन् ।
सम्मेलन जिल्ला अध्यक्ष सावित्रा राई, सचिव रञ्जिता जिमी याक्खा प्रदेश सदस्य सिन्धु राई र माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य प्रवास शर्माको उपस्थीतिमा सम्मेलन भएको जनाइएको छ ।