‘बालबालिका सम्बन्धी ऐन २०७५’अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न


सेवारो खबर  35 पटक हेरिएको

काठमाडौं:  ‘बालबालिका सम्बन्धी ऐन २०७५’ को प्रस्तावित संशोधनका विषयमा सरोकारवालाहरूबीच अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजनामा काठमाडौंको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

छलफलका क्रममा सहभागीहरूले बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न निकाय र सञ्जालहरूको सुझावलाई समेटेर मात्र ऐन संशोधन गरिनुपर्ने धारणा राखे। यस्ता संवादहरूले कानुनलाई कार्यान्वयनयोग्य र अधिकारमुखी बनाउन सशक्त आधार प्रदान गर्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।

आयोजक संस्था सिजपले कार्यक्रममा प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई एकीकृत गरी कानुनी प्रक्रियामा समावेश गराउन पहल गर्ने जनाएको छ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय स्तरका सञ्जालहरू, अधिवक्ताहरू, बाल क्लब सञ्जालका प्रतिनिधिहरू र विभिन्न सामाजिक संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो। विशेषगरी यौनिक तथा लैङ्गिक अल्पसंख्यक एवं अन्तरलिङ्गी बालबालिकाको क्षेत्रमा क्रियाशील संस्थाहरूले ऐनलाई अझ बढी समावेशी बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा ‘बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल’ (GNB Nepal) का तर्फबाट ऐनमा आवश्यक सुधारका विषयमा विशेष धारणा राखिएको

थियो। सञ्जालले बालअधिकारमैत्री, लैङ्गिक मैत्री र यथार्थपरक कानुन निर्माणका लागि वर्तमान ऐनका केही प्रावधानहरूमा परिमार्जन आवश्यक रहेको औंल्याएको छ।@voxpopnepal बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार