इलाम: इलामको प्रतिनीधिसभा निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । जारी मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस रुखका उम्मेद्वार निश्कल राई अगाडि देखिएका छन् । उनले ८४३ मत प्राप्त गरेका छन् ।
राईलाई पछ्याउँदै नेकपा एमालेका काजिमान कागतेले ५६९ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा ४३५ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टीका बिमल गदाल छन् ।
२६२६ मत गणना गरिएकोमा २२३ मत बदर भएको छ ।

इलाम २
इलामको प्रतिनीधिसभा निर्वाचन क्षेत्र २ को चुलाचुली वडा नम्बर २, ३, ४, ५ र ६ को मणना सकिएको छ । मत परिणाम अनुसार श्रम संस्कृति पार्टी सुदिप राईले अग्रता कायम राखेका छन् । उनले २९०७ मत पाएका छन् ।
नेकपा एमालेका सुहाङ नेम्बाङले २४७९ मत ल्याउँदै दोस्रो स्थानमा छन् । तेस्रोमा नेपाली कांग्रेसका भेषराज आचार्यले १२३१ मतले पछ्याई रहेका छन् ।
८ हजार ७ सय ४२ गणना भईसकेकोमा ५५६ मत बदर भएको छ ।


80 पटक हेरिएको 














