इलाम: प्रतिनीधिसभा निर्वाचन इलामको पछिल्लो मत परिणाम आउँने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार दुबै निर्वाचन क्षेत्रमा नेम्बाङ कै अग्रता कायम नै छ ।
मत परिणाम अनुसार इलाम १ मा श्रम संस्कृति पार्टीका उम्मेद्वार विनोद नेम्बाङ र २ मा नेकपा एमालेको सुहाङ नेम्बाङ अगाडि नै देखिएका छन् ।
इलाम १
श्रम संस्कृति पार्टीका उम्मेद्वार नेम्बाङ १ सय ३२ मतले अग्रता कायम गरेका छन् उनले २ हजार ९२ मत पाएका छन् । उनलाई १ हजार ९ सय ५८ मतसहित नेकपा एमालेका काजिमान कागतेले पछ्याई रहेका छन् । तेस्रो स्थानमा १ हजार ८ सय ५९ मत सहित नेपाली कांग्रेसका निश्कल राई छन् ।
अहिलेसम्ममा इलाम १ मा ९ हजार ७३ मग गणना भएकोमा ६ सय ३९ मत बदर भएको जनाएको छ ।
इलाम २
इलामको प्रतिनीधिसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका सुहाङ नेम्बाङको पनि अग्रता कायनै छ नेम्बाङले १० हजार १ सय ४० मत ल्याएका छन् । नेम्बाङ श्रम संस्कृती पार्टीका सुदिप राईसँग ७ सय १९ मतले अघि छन् । राईले मतान्तर घटाउँदै लगेका हुन । उनले ९ हजार ४ सय २१ मत ल्याएका छन् ।.
नेपाली कांग्रेसका भेषराज आचार्यले ५ हजार ४ सय ६० राष्ट्रीय स्वतन्त्र पार्टीका उम्मेद्वार गोकुलबहादुर राईले २ हजार ३ सय ७० मत छ । भने नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङले ७ सय ४७ मत छ ।
३१ हजार ८ सय ९८ मत गणना गरिएकोमा १ हजार ८ सय ४२ मत बदर भएको छ ।
पछिल्लो मत परिणाम अनुसार चुलाचुली, माङ्सेबुङ फाकफोकथुम, गाउँपालिका, माई नगरपालिका गाउँपालिकाको मणना सकिएको छ । अहिले देउमाई नगरपालिका १ र २ को मत गणना जारी छ ।

92 पटक हेरिएको 














