इलाम: इलाम नगरपालिकाले समयावधि सक्किएका पाँच समितिको पुर्नगठन गरेको छ । कार्यपालिकाको साेमबार बसेकाे बैठकले समितिको पुन:गठन गरेको नरपालिकाले पत्रकार सम्मेलन गरी जानकारि गराएको हाे ।
कार्यपालिकाको बैठकले नगरपालिका अन्तर्गतका साहित्य कला संगीत प्रतिष्ठान, पर्यटन प्रवद्र्धन समिति, नगर खेलकूद विकास प्रतिष्ठान, नगर युवा परिषद, नगरस्तरीय दलित समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुको ३ वर्षे पदावधि समाप्त भएकोले पुन:गठन गरेको छ ।
साहित्य कला संगीत प्रतिष्ठान टीका घिमिरे अध्यक्षमा पुर्नगठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष रोशन कर्माचार्य, दिवाकर भण्डारी, कोषाध्यक्ष सुरेश पोर्तेल, सदस्यमा सिर्जना श्रेष्ठ, शारदा उप्रेती, राजेश राई, देवेन्द्र शंकर, चन्द्रमणि भटृराई, दिपेश श्रेष्ठ, प्रज्वल चापागाईं रहेका छन् ।
कार्यपालिका बैठकले प्रकाश अधिकारीको संयोजकत्वमा नगर पर्यटन समिति गठन गरेको छ । उपाध्यक्षमा सुशीला सापकोटा, उपाध्यक्ष हरि गुरुङ्ग, सचिव ज्ञाननाथ दाहाल, कोषाध्यक्ष उमेशचन्द्र महत, सदस्यहरु सोमनाथ सुनुवार, कुन्ती बस्नेत, पविमाया गुरुङ्ग, रिना घिमिरे, अन्जना कर्माचार्य, सचिनजंग रायमाझी, सुदर्शनप्रसाद काप्mले, कमला रिजाल, दिब्या भटृराई, राजेन राई रहेका छन् ।
नगर खेलकुद विकास समितिको पनि पुर्नगठन गरिको छ । विनोद श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा निरोज राउत, सचिव गणेश खतिवडा, कोषाध्यक्ष सुवास राई, सदस्यहरु मुकेश दाहाल, जीवन देवान, सिनेट श्रेष्ठ, सुलोचना भक्तराज, टंक ढुंगाना, मनिषा भटृराई र सेवक देवान रहेका छन् ।
नगरपालिकाले युवा समिति पनि गठन गरेको छ । प्रकाश घिमिरेको अध्यक्षतामा गठिन युवा समितिको सदस्यहरु धनमाया डाँगी, प्रश्ना श्रेष्ठ, सुशील बानिया, चन्द्रकला तामाङ्ग, प्रवेश जवेगु, राजेन्द्र फागो, किरण गुरुङ्ग, बिनोद नेउपाने, सुशान्त चापागाई, शिशिर काप्mले, प्रमोद जबेगु, मनोज थापा, प्रितम लिम्बु, निर्देश राई, सुमन काफ्ले, निकेश काफ्ले, मनोज सुवेदी, प्रतिमा रिजाल, गौरव बुढाथोकी, बिशाल कार्की र सुनिल दास रहेका छन् ।
मनकुमार बराइलीको अध्यक्षतामा नगर दलित समन्य समिति पुर्नगठन गरेको छ । समितिको कोषाध्यक्षमा गोमा विश्वकर्मा, सदस्यहरु कमल विश्वकर्मा, अन्जली दास, रेशम खाती, मनबहादुर घतानी, रबिना बिसुंके, कविता विश्वकर्मा, सरिता दियाली, मेनुका शंकर र निमा रसाइली रहेका छन् ।