महामन्त्रीमा गगन थापा अगाडी जित सुनिश्चित, दोस्रो स्थानमा विश्वप्रकास शर्माको सम्भावना बलियो


सेवारो खबर  173 पटक हेरिएको

काठमाण्डौ: नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित भएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दा थापा अरुभन्दा फराकिलो अन्तरले अगाडि छन् भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि मतान्तर बढाउँदै लगेको छ । ३१ सयभन्दा धेरै मतगणनामा थापाले २ हजार ३२ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको १ हजार २५५ मत छ ।

तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतको १ हजार २४, प्रदीप पौडेलको ९३५, डा. मिनेन्द्र रिजालको ५४६ र डा .राजाराम कार्कीको ७५ मत छ । अग्रता लिइरहेका थापा डा. शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुन ।

सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार हुन । त्यसैगरी डा. कोइराला समूहबाट अर्का उम्मेदवार डा. मिनेन्द्र रिजाल र विमलेन्द्र निधिको समूहबाट डा. राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् ।

कांग्रेसको विधान अनुसार महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना चयन हुनेछन् । सभापति र उपसभापतिको मतगणना सकिसकेको छ । सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूणर्बहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।@www.ujyaaloonline.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार