इलामः नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । मिक्सोले एक सय ६९ मत ल्याउँदै विजयी भएका हुँन ।
अध्यक्षका अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याए । अध्यक्षमा ७ मत बदर भएको थियो ।
उपाध्यक्षमा आठ जनाले उम्मेद्वारी दिएका थिए । आठ उम्मेद्वार मध्ये तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११) देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) निर्वाचित भएका छन् ।
उपाध्यक्षमा प्रत्यासी भोगेन्द्र यादवले ९७, मोहन खत्री हेनरीले ८६, उर्मिला तामाङ चन्दाले ८०, इन्दिरा मिश्रले ५१ र पुरूषोत्तम चुडालले ३६ मतमा चित्त बुझाए ।
सचिव पदमा गणेश उप्रेती (सुशील) ले १४८ मत ल्याएर निर्वाचित भए । उनका अर्का सचिवका प्रत्यासी सिपी कडरियाले ८३ मत ल्याए ।
सह सचिवको ३ पदका लागि १३ जनाको उम्मेद्वारी परेको थियो । उम्मेद्वार मध्ये ३ जना सहसचिवमा कुमारी राई (११४) सागर किराँती (७३) र ऋषिराम ढुंगाना (९५) निर्वाचित भएका छन् ।
सहसचिवका प्रत्यासी राजु आचार्य अग्नी ५१, खड्ग योगी अनिल ३५, सन्तोष थारू ४४, हर्क लावती कान्छा ४३, निशान्त शर्मा ४३, विजय प्रकाश वनेम ६१ ठमनाथ पराजुली ध्रुव २६, कृष्ण जिमी भरत ४०, दिल कुमार राई ४३ तेजमान कन्दङ्वा १९ मत पाएका छन् ।
कोषाध्यक्ष पदका लागि ४ जनाको उम्मेद्वारी परेको थियो । उम्मेद्वार मध्ये ९३ मतका साथ रेवतराज पुरी (गगन) निर्वाचित भएका छन् ।
कोषाध्यक्षका अर्का प्रत्यासी बन्दना झाँगडले ५७, मदन कुमार चुडाल ५५, राम कुमार कार्की २३ मत ल्याएका छन् ।
नौं जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २ सय ४० जनाले मतदान गरेका थिए । निर्वाचन प्रक्रियामा २९ जनाको उमेदवारी परेको थियो ।
मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।