व्यवासयिक बंगुर पालन सीप विकास सम्बन्धि तालिम सम्पन्न


सेवारो खबर  205 पटक हेरिएको


इलामः चुलाचुली गाउँपालिकामा बंगुर पालन सम्बन्धि सीप विकासको तीन दिने पुर्नताजकी तालिम सम्पन्न भएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामको सामाजिक रूपान्तरको लागि युवा, जिविकोपार्जनको लागि सुुरक्षित आप्रवासन र स्वःउद्यमशिलता सम्बन्धि समूहहरूको क्षमता विकास र परिचानल मार्फत मानव बेचबिखन विरूद्ध अभियान परियोजनाले तालिम सञ्चालन गरेको हो ।

सीपले व्यवासायलाई सफल बनाउँन सहयोग गर्ने बताउँदै बंगुरमा लाग्ने रोगको निदानात्मक उपायसँग सरकारी सहयोग भए व्यवसायिक सफलता मिल्ने तालिममा सहभागीले बताए ।

तलिममा व्यवसाय सञ्चालन गर्दा आउँने समस्याको समाधान गर्ने तरिका, बंगुरको दैनिक खानपान, लाग्ने रोगका विषयमा जानकारी गराइएको परियोजना संयोजक सन्तोष मगरले जानकारी गराए ।

तलिममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीभिटी)बाट ७ दिनको सीपको तालिम लिएका गाउँपालिकाको ३, ४, ५ र ६ वडाका १६ महिला व्यवासायी सहित २८ जना सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार