बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त सूूर्योदय नगरपालिका घोषणा हुँदै


सेवारो खबर  170 पटक हेरिएको


इलामः सूर्योदय नगरपालिका आउँदो भदौं २९ गते बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषणा हुने भएको छ ।

नगरपालिकाले बालमैत्री वडालाई घोषणा गर्दे आगामी भदौं २९ गते नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त तथा बालश्रम मुक्त नगर घोषणा गर्ने जनाएको छ ।

नगरपालिकाको वडा न २ र ३ सगैँ वडा नम्बर ६ ,७ ,८ ,९ र १० बालमैत्री स्थानीय शासनयुक्त तथा बाल श्रममुत्त वडा घोषणा भईसकेको महिला बालबालिका शाखा प्रमख तारा शेर्पाले जानकारी दिइन् ।

बिहिबार वडा नम्बर ४ र ५ लाई श्री अन्तु सुचना केन्द्रमा, वडा नम्बर ११ र १२ लाई १७ गते शुक्रबार कर्फोक बिद्यामन्दिरमा र वडा न १३ र १४ लाई उत्तरे खेलमैदनमा १९ गते बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेको महिला बालबालिका शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार