भोजपुरको आमचोक गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसीय तालिम सम्पन्न


सेवारो खबर  114 पटक हेरिएको

आमचोकः भोजपुरको आमचोक गाउँपालिकामा मेलमिलाप सम्बन्धि तालिम आधारभूत ८दिवसीय समापन भएको छ ।

गाउँपालिकाको न्यायिक समितिले आयोजना गरेको तालिम मानव अधिकार मञ्च नेपालको सहजिकरणमा भएको तालिम आइतबार सम्पन्न भएको हो ।
तालिममा मेलमिलापकर्ताले गर्ने विवाद व्यवस्थापनका आधारभूत सीप, विवादको व्यवस्थापन प्रक्रिया, न्यायिक समितिको नीतिगत न्याय सम्पादन प्रक्रियाको बारेमा जानकारी गराइएको थियो ।

गाउँपालिकाको उपाध्यक्ष सीता राईको अध्यक्षतमा भएको तालिममा १६ जनाको सहभागिता रहेको थियो ।

तालिम समापन समारोहमा गाउँपालिका अध्यक्ष अशोक राई उपस्थीत भएको तालिमको सहजीकरण मानव अधिकार मञ्च नेपाल इलामका पारस राई र इशवर मगरले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार