किरात प्रदेशको घोषणा हुँनुुपर्ने माग गर्दै मोर्चाले गर्‍यो, फागुन २६ गते प्रदेश भरी आम हड्तालको आव्हान


सेवारो खबर  454 पटक हेरिएको

इलामः कोशी प्रदेशको खारेज गरेर किरात प्रदेश घोषणा हुँनु पर्ने माग गर्दै किरात मोर्चाले फागुन २६ गते प्रदेश भरी आम हड्तालको आव्हान गरेको छ ।

किरात मोर्चाका केन्द्रीय अध्यक्ष मिसेकहाङ किरातले फागुन २२ गते विज्ञप्ती मार्फत प्रदेश हडतालको आव्हान गरेका छन् ।

विज्ञप्तीमा बजार, यातायातका साधन, शैक्षिक संस्था लगायतका संघ साधनहरु बन्द हुने भनिएको छ । एम्बुलेन्स, शववाहन, दमकल, सुरक्षार्कीका साधन, अन्तर्राष्ट्रिय नियोगका साधन भने सञ्चालन गर्न पाउँने उल्लेख छ ।

‘नेपाल प्राचीन किरात मुलुक हो । इतिहास, तामापत्र (१८१४) मा स्पष्ट छ । विज्ञप्तीमा भनिएको छ । किरात सभ्यता, दर्शनको उद्गम विन्दुु हो । किरातेश्वरले यहाँबाट किरात सभ्यता, दर्शन, ज्ञान एक समय संसारमा फैलाएका सबैलाई थाहा छ । यति महान सभ्यता, राष्ट्रियता, इतिहासलाई अपमान गरेर “कोशी प्रदेश“ घोषणा यो माटो सभ्याता, इतिहास र जनता माथि ठूलो अपमान र अपराध हो । यसको विरुद्ध सम्पूर्ण किरात जनता, न्यायप्रेमी जनसमुदायको तर्फबाट कोशी प्रदेश खारेज गरी किरात राज्य (प्रदेश) घोषणा गर्न १ बुँदे माग राख्दै २०७९ फागुन २६ गते प्रदेश भर आम हड्ताल (बन्द) घोषणा गर्दछौं ।’

आन्दोलन प्रति ऐक्यवद्धता जाहेर गर्दै, किरातजन्य संघ संगठन, आन्दोलनरत संगठनहरुलाई ऐक्यवद्धता, सहभागी समर्थन गर्न सम्पूणर् किरात जनताको साझा मोर्चा किरात मोर्चा आव्हान गर्दछ, विज्ञप्तीमा उल्लेख छ ।

बन्दमा सहयोग गरिदिनु सम्पूणर् जनसमुदाय, व्यवसायी, पेशाकर्मी, पत्रकार, सुरक्षाकर्मी, शिक्षक विद्यार्थी, यातायात मजदूर सबैमा हार्दिक अपिल गर्दछौं ।’ भनेर विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार