देउमाईः इलामको देउमाई नगरपालिकाले पूणर् खोप सुनिश्चित पालिका घोषणा गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रम गर्दै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो ।
घोषणा पश्चात जिल्ला समन्वय समितिले पूर्ण खोप सुनिश्चिताको प्रमाण पत्र समेत प्रदान गरेको छ । खोप सुनिश्चिताको प्रमाण पत्र जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले प्रदान गर्दै सुनिश्चितताको दीगोपनामा जोड दिन आग्रह गरे ।
नगरपालिकाका ९ वटै वडाका १६ महिनादेखि ५ वर्ष भित्रका बच्चाले खोप पुरा गरेपछि पूणर् खोप सुनिश्चित पालिका घोषणा गरिएकोे स्वाथ्य शाखा प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी गराए ।
उनका अनुुसार नगरपालिकामा १६ महिनादेखि ५ वर्षका एक हजार पाँच सय १२ जना सबैले खोप पुरा गरेका छन् ।
बच्चाले १३ वटा रोग विरूद्वको खोप पाँच पटक लगाउँनु पर्ने हुन्छ । खोप सुनिश्चितताका लागि गत वर्ष छुटेका १७ बच्चालाई समेत खोप दिएको छ ।
नगरपालिको सबै वडामा महिला स्वाथ्य स्यंमसेविकाको सहयोगमा स्वाथ्यकर्मी मार्फत सबै बच्चालाई खोप दिइएको जनाएको छ ।
नगर प्रमुख सूर्यप्रसाद पोख्रलेको अध्यक्षतामा भएको घोषणा सभामा स्वाथ्य शाखा प्रमुख विष्णप्रसाद भट्टराईले तथ्याङ्क प्रस्तुत गरेका थिए ।
घोषणा कार्यक्रममा खोपको दिगोपना र सुनिश्चितताको वर्षेनी घोषणा गर्ने प्रतिवद्वता समेत जनाएको छ । कार्यक्रममा उपप्रमुख पविमाया राई, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर दाहाल वडा अध्यक्षहरूको उपस्थिती रहेको थियो ।
घोषणाका अवसरमा खोप सुनिश्चितता योगदान गरेकाले सबै वडा कार्यालय तथा स्वाथ्य चौकीलाई समेत प्रशंसा पत्र दिइएको छ ।
नगरपालिकाले स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता, पूणर् खोप पालिका हाम्रो प्रतिबद्वता भन्ने नाराका साथ यो अभियान सञ्चालन गर्दै आएको जनाइएको छ ।