देउमाई नगरपालिकाको नीति तथा कार्यक्रम पारित, जनमुुखी कार्यक्रमको निरन्तरता कायमै

विगतका सुत्केरी, जन्म, एकल पुुरुष भत्ता, जेष्ठ नागरिकको बिमा सेवा र किरिया खर्चको निरन्तरता


सेवारो खबर  318 पटक हेरिएको

देउमाईः देउमाई नगरपालिकाको बुधबार बसेको आठौं नगरसभाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

सभामा नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको जनाइएको छ ।

पारित गरेको नीति तथा कार्यक्रममा विगत वर्षहरूमा नगरपालिकाले दिदै आएको एकल पुरुष भत्ता, सुत्केरीलाई एक तर्फी एम्बुलेन्स यातायात सेवा, जेष्ठ नागरिकका लागि निशुल्क बिमा सेवालाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर दाहालले जनाकारी गराए ।

यस्तै, बच्चा जन्मेपछि सुत्केरी स्याहार खर्च, मृत्यु हुँदा अन्तेष्टी खर्चलाई समेत निरन्तरता दिएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत नगर शिक्षक, कर्मचारी, तथा सकाहरूको सेवा सुविधा निरन्तर पाउँनेछन् ।

अपाङ्गता भएका रातो र पहेलो कार्ड वालालाई बार्षिक पोशाक भत्ता बापत दुई हजार नगद, र तेस्रो निलो कार्ड पाएकालाई भने मासिक पाँच सय भत्ता दिने व्यवस्था गरेको जनाइएको छ ।

नगरपालिकाल यातायातको लागि नयाँ ट्रयाक नखोल्ने पुरानै बाटोलाई स्तर उन्नती गदै सबै सिजन सञ्चालन गर्ने निति ल्याएको छ । यसका लागि नगरपालिका आफैले जेसिबी र रोलर खरिद गर्ने योजना बनाएको छ ।


संघ तथा प्रदेश सरकारसँगको समन्वय सहकार्यमा देउमाई नगरपालिकाको केन्द्र मंगलबारे र मेचि राजमार्ग जोड्ने नेपालटार मंगलबारे सडक खण्डको स्तरउन्नतिको कामलाई निरन्तरता दिने कार्यक्रम छ ।

प्रदेशसभा सदस्य गोविन्द गिरीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको सभाले ११ पेज लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । १९ वटा उपशिर्षकमा नगरपालिकाले अबलम्बन गर्ने नीति तथा कार्यक्रमका विषय उल्लेख छ ।

देउमाई नगरपालिकाको २०८०।०८१ काे नीति तथा कार्यक्रम को Pdf File

देउमाई नगरपालिकाको नीति कार्यक्रम २०८०-८१

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार